३१ जेठ २०८३, आइतबार

धोबीखोला किनारका अवैध संरचनामा महानगरको डोजर

धोबीखोला किनारका अवैध संरचनामा महानगरको डोजर

काठमाडौं महानगरपालिकाले धोबीखोला किनारमा निर्माण गरिएका अवैध संरचनाहरू भत्काएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरमा निर्माण गरिएका संरचनाहरू भत्काएको छ । 

बुधवार काठमाडौं महानगरपालिकाले देवीनगरस्थित धोबीखोला किनारमा निर्माण गरिएका संरचनाहरूमाथि डोजर चलाएको हो । महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरूको भागाभाग भएको छ । 

महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्डविपरीतको होर्डिङ बोर्ड, नक्साविपरितको बेसमेण्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ । डोजरले आफूले व्यापार गर्दै आएको ठाउँ भत्काएपछि उनीहरुले सामान ओसारेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्