×

NMB BANK
NIC ASIA

जग्गाको लालपूर्जा हुँदासमेत महानगरले घर भत्काएर ज्यादति गर्‍यो : स्थानीय

पुस ६, २०७९

NTC
Premier Steels

धोबीखोला करिडोरका घरधनीहरूले काठमाडौं महानगरले घर जग्गाको लालपूर्जा हुँदासमेत ज्यादति गरेको बताएका छन् । बुधवार काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोलीले डोजर लगाएर अनामनगर धोबीखोला करिडोरको जग्गा मिचेर घर बनाएको भन्दै डोजर चलाएको हो । तर, करिडोरका घरधनीहरूले भने महानगरले शक्तिको आडमा लालपूर्जा भएको घर समेत भत्काएर घरमा बस्नेहरूलाई बिचल्ली बनाएको गुनासो गरेका छन् । 

Muktinath Bank

करिडोरमा घर भएका प्रेमप्रसाद आचार्यले धोबीखोला करिडोरले करिडोर क्षेत्रभन्दा बाहिर घर रहेको बताए पनि महानगरले मनलाग्दी आएर घर भत्काइदिएको गुनासो गरे । उनले इन्जिनियरले समेत नापी गर्दा करिडोरको जग्गाभित्र घर नपर्ने देखाए पनि महानगरले ज्यादति गरेर घर भत्काएको आरोप लगाए । उनले करिडोरले आफ्नो जग्गामा सडक बनाएर पिच गरेर पर्खाल लगाएको जानकारी दिएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आचार्यले घर भएको जग्गा करिडोरले नै निजी जग्गा हो भन्दा भन्दै पनि महानगरले बल प्रयोग गरेको बताए । उनले महानगरले कुनै जानकारी बिना घर भत्काएर जनतालाई दुःख दिने काम गरेको बताए । उनले सरकारी जग्गा नभएको जानकारी दिँदासमेत निजी घर भत्काएर महानगरले आतंक फैलाएको बताए । 


Advertisment
Nabil box
Kumari

अर्का एक घरधनीले केन्द्र सरकार र महानगरको दुई वटा नीतिले जनताले दुःख पाएको बताए । उनले इन्जिनियरहरूले पनि फरक–फरक चिह्न दिएको भन्दै महानगरले कुनै जानकारी बिना घर भत्काउन उचित नभएको बताए । उनीहरूले महानगरपालिकाको ज्यादतिका लागि अदालत जाने बताए ।

Vianet communication

काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोला करिडोरको सरकारी जग्गामा बनाएरका संरचना हटाउन सूचना जारी गर्दा समेत नमानेको भन्दै बुधवार डोजर प्रयोग गरी संरचनाहरू भत्काएको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x