
भारत र चीनका सैनिकहरूबीच अरुणाचल प्रदेशको तवाङमा भिडन्त भएपछि भारतले सीमामा सैनिकहरूको तैनाथी बढाएको छ ।
भारतका विदेशमन्त्री एस जयशंकरले अभूतपूर्व रूपमा सैनिकहरूलाई सीमामा परिचालन गरिने बताएका छन् ।
चिनियाँ सैनिकहरू भारतीय भूमिमा प्रवेश गरेपछि भारतीय सैनिकहरूसँग भिडन्त भएको थियो ।
‘चिनियाँ तैनाथीलाई प्रतिकार गर्नका लागि हामीले अहिलेको भन्दा निकै बढी सैनिकहरू तैनाथ गर्न लागेका छौं,’ उनले बताए ।