०४ असार २०८३, बिहीबार

आदिवासी महिला महासंघमा विद्रोह, राइको नेतृत्वमा छुट्टै समिति

आदिवासी महिला महासंघमा विद्रोह, राइको नेतृत्वमा छुट्टै समिति

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमा विवाद आएको छ । महासंघको आठौं  महाधिवेशनबाट विद्रोह गरेर जुनिता राईको नेतृत्वमा ११ सदस्यीय छुट्टै तदर्थ समिति गठन भएको छ । 

विद्रोह गरेका पक्षले महाधिवेशन आम आदिवासी तथा आदिवासी महिलाको अपेक्षाबमोजिम वैधानिक तवरले सहज प्रक्रिया पूरा नभएको आरोप लगाएको छ । तदर्थ समितिको अध्यक्ष जुनिता राई र महासचिव विनिता आले मगरले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै घटक संस्थाका प्रतिनिधिलाई बन्दसत्रमा प्रवेश गर्न नदिएकाले विद्रोही समूह बनाएको बताएका छन् ।

महाधिवेशनको बन्दसत्रमा महासंघमा आवद्ध जम्मा ४८ जातीय महिला सदस्य संगठनमध्ये संस्था नविकरण नभएको कारण बनाएर २७ सदस्य संगठनलाई बन्दसत्रको हलमा प्रवेश नदिइएको उनीहरुले बताएका छन् । त्यस्तो गरिनु महासंघ विधानविपरित भएको उनीहरुको दावी छ । 

महासंघको सदस्य संगठनहरुले बन्दसत्रमा भाग लिन पाउने, समूदायको प्रतिनिधित्व गर्ने र निर्वानमा चुन्न र चुनिन पाउने न्यूनतम नैसर्गिक अधिकारलाई समेत वञ्चित गरिनु अलोकतान्त्रिक, गैरकानूनी, अवैधानिक काम हो उनीहरुले भनेका छन् ।

त्यसैगरि, महासंघको आधिकारिक महासचिवले बन्दसत्रमा प्रस्तुत गर्नुपर्ने सांगठानिक प्रतिवेदन समेत प्रस्तुत गर्न नदिनु अर्को विधानविपरित र प्रचलित विधि, पद्धति र अभ्यासविपरित काम भएको उनीहरुले आरोप लगाएका छन् ।

अध्यक्ष राईले महासंघ आफै स्वायत्त जातीय संस्थाको साझा संगठन भएको उल्लेख गर्दै कुनै पनि संगठनलाई बहिष्कृत गरी आयोजना हुने महाधिवेशन लोकताीन्त्रक र वैधानिक हुन नसक्ने दावी गरिन् । नविकरणको नाममा २७ जातीय संगठनहरुलाई बाहिर राख्नु महाधिवेशन अपुरो भएको उनले बताइन् । 

‘हामी केही जातीय संगठनहरु प्रशासनिक रुपले नविकरण हुँदाहुँदै पनि केवल कागजात नविकरण नभएको नाममा केही सहयात्री संगठनहरुलाई महाधिवशेन प्रक्रियाबाट वञ्चित गराउन खोजिनु अन्याय र आदिवासीको मौलिक अभ्यासविपरितको काम हो’ उनले भनिन् ।

सो समूहले समितिको अध्यक्षमा जुनित राई, वरिष्ठ उपाध्यक्षमा पुष्पा बुढाथोकी, उपाध्यक्षहरु बिना पहरी नगरकोटी (पहाड), रिना थकाली (हिमाल), माया चौधरी (तराई) रहेका छन् । त्यस्तै महासचिवमा बिनिता आले मगर छिन् । 

चार जना सचिवमा जनसम्पर्क सचिव नानु थामी, विदेश परियोजना सचिवमा वसुन्धरा घर्ती, भाषा संस्कृति सचिवमा नरमायाँ दूरा, अनुसन्धान तथा प्रकाशन सचिवमा सुजा राई रहेकी छिन् । त्यस्तै, कोषाध्यक्षमा मायालु तामाङ चयन भएकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्