१७ असार २०८३, बुधबार

रोनाल्डोलाई अहिलेसम्म जम्मा एउटा क्लबले प्रस्ताव गरेको दाबी

पुस ७, २०७९
रोनाल्डोलाई अहिलेसम्म जम्मा एउटा क्लबले प्रस्ताव गरेको दाबी

फूटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबको अल नासर क्लबले मात्र सम्झौताका लागि प्रस्ताव गरेको स्पेनी सञ्चारमाध्यमले खबर दिएको छ । 

खेल पत्रिका याजका अनुसार, रोनाल्डो अहिले अबु धाबीमा छन् र उनलाई साउदीको क्लबबाट मात्र सम्झौताको औपचारिक प्रस्ताव आएको छ । 

पाँचपटकका बालोन डी’ओर विजेता रोनाल्डो विश्वकपअघि म्यानचेस्ट युनाइटेडबाट बिदा भएका थिए । 

आफ्ना चिर प्रतिद्वन्द्वी लियोनल मेसीले अर्जेन्टिनाका लागि विश्वकप जितेपछि रोनाल्डो क्लब स्तरमा थप उपलब्धि हासिल गर्न आतुर छन् । 

साउदीको क्लब अल नासरले रोनाल्डोलाई वर्षको २१ करोड २० लाख डलर दिने प्रस्ताव गरेको छ । तर साउदीको क्लबमा खेल्ने हो भने रोनाल्डोले आफू अब शीर्ष स्तरको खेलाडी नरहेको र संन्यास लिने बाटोमा हिँडेको सन्देश जान्छ । 

त्यसो त कतारको अल साद क्लबले पनि रोनाल्डोमा चासो देखाएको बताइएको छ । तर रोनाल्डो आफ्नो क्लबमा आउलान् भनी अल नासरले सात नम्बरको जर्सी खुला राखेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्