१४ असार २०८३, आइतबार

विश्वकप जितेका मेसीको तस्वीर अर्जेन्टिनाको मुद्रामा राखिन सक्ने

पुस ७, २०७९
विश्वकप जितेका मेसीको तस्वीर अर्जेन्टिनाको मुद्रामा राखिन सक्ने

अर्जेन्टिनालाई फिफा विश्वकप २०२२ को विजेता बनाएपछि लियोनल मेसीलाई उक्त देशको मुद्रामा राखिन सक्ने त्यहाँका सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 

हजार पेसोको नोटमा मेसीको अनुहार राख्न सकिने सम्भावना छ । 

अर्जेन्टिनाको केन्द्रीय बैंकले यस विषयमा विचार गरिरहेको भनी एल फाइनान्सिएरो पत्रिकाले खबर दिएपछि त्यो भाइरल भएको थियो । 

‘लियोनल मेसीको अनुहार हजार पेसोको नोटमा राख्नुपर्छ किनकि हजार अंकको शुरूआत १० बाट हुन्छ,’ एल फाइनास्निसएरोले लेख्यो । 

तर केन्द्रीय बैंकका अधिकारीहरूले मजाकका रूपमा यसको प्रस्ताव गरेको पत्रिकाको भनाइ छ । 

सन् १९७८ मा अर्जेन्टिनाले पहिलोपटक विश्वकप जित्दा त्यहाँको केन्द्रीय बैंकले स्मारक सिक्काहरू निकालेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्