०८ साउन २०८३, शुक्रबार
राजनीति

अदालतले नदिएको न्याय जनताले दिए : भगवती चौधरी

अदालतले नदिएको न्याय जनताले दिए : भगवती चौधरी

नेकपा एमालेकी सांसद भगवती चौधरीले न्यायालयले नदिएको न्याय जनताले दिएको बताएकी छन् । सांसदको  सपथ ग्रहण गर्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेकी चौधरीले जनताले आफूलाई न्याय दिएको बताएकी हुन् । 

उनले सुनसरी–३ बाट चुनाव जितेकी हुन् । सदाबहार नेपाली कांग्रेसका विजेता विजयकुमार गच्छदारलाई उनले तेस्रो प्रयासमा  पराजित गरेकी थिएन् । 

२०७४ को चुनावमा गच्छदारले धाँधली र बुथ कब्जा गरेको भन्दै चौधरीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेकी थिइन । तर, त्यसको फैसला अहिलेसम्म पनि भएको छैन । 

उनले त्यसैलाई स्मरण गर्दै भनिन्, ‘न्यायालयबाट नपाएको न्याय जनताबाट पाएको छु । अब जनताको लागि काम गर्ने हो ।’

कांग्रेसका नेता गच्छदारलाई पराजित गर्नु आफ्नो लागि ठूलो चुनौती भएको उनले बताइन् । ‘संघर्ष गर्दै गएपछि जनताले पत्याउँछन् । अब जनताको लागि काम गर्ने हो’, उनले भनिन् ।  

विजय गच्छदारलाई पराजित गर्न कत्तिको चुनौती रह्यो भन्ने लोकान्तरको प्रश्नमा उनले भनिन्, ‘धेरै, धेरै, धेरै चुनौती थियो । न्यायालयले नदिएको अधिकार लिन जनतामाझ जान्छु भनेर गएको थिए । जनताले न्याय दिए ।’
 

salt training

कमेन्ट गर्नुहोस्