२५ जेठ २०८३, सोमबार
बदलिँदो भूराजनीति

युरोप त्यागेर एसियाउन्मुख हुँदै रुस, विश्व राजनीतिमा दूरगामी प्रभाव पर्ने सम्भावना

पुस ७, २०७९
युरोप त्यागेर एसियाउन्मुख हुँदै रुस, विश्व राजनीतिमा दूरगामी प्रभाव पर्ने सम्भावना
Sergei Bobylev / Sputnik, Kremlin Pool via AP

युक्रेनसँगको द्वन्द्वका लागि पश्चिमको गैरजिम्मेवार नीतिलाई दोषी ठहर्‍याउँदै रुसले अब आफ्नो भविष्य एसियामा रहेको निष्कर्ष निकाल्न थालेको देखिन्छ । 

अमेरिका नेतृत्वको पश्चिमी सैन्य गठबन्धन नेटोले युक्रेनलाई आफ्नो सदस्य बनाएर रुसमाथि सदाका लागि तरवार झुण्ड्याउन खोजेपछि त्यसलाई रोक्ने उद्देश्यका साथ रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । उक्त आक्रमणपछि अमेरिका र युरोपेली संघले रुसमाथि अनेकौं आर्थिक प्रतिबन्ध लगाएका छन् । 

आर्थिक प्रतिबन्धका कारण अप्ठ्यारोमा परेको रुसी अर्थतन्त्रलाई एसियाले सम्हालेको छ । विशेषगरी एसियाका दुई ठूला मुलुक भारत र चीनले रुससँग तेल, ग्यास, कोइला तथा अन्य विभिन्न उत्पादनको कारोबार गरिरहेकाले रुसलाई निकै राहत मिलेको छ । 

गत फेब्रुअरी महिनामा रुसको आक्रमणयता चीनले रुसबाट ६८ अर्ब डलर बराबरको तेल, पाइपलाइनमार्फत ग्यास, एलएनजी र कोइला आयात गरेको ब्लूमबर्ग पत्रिकाले खबर दिएको छ । सन् २०२१ मा यही अवधिमा ४१ अर्ब डलरको कारोबार भएकोमा अहिले त्यसमा उल्लेख्य वृद्धि भएको हो । 

त्यस्तै भारतले पनि पश्चिमाहरूको आग्रहलाई लत्याउँदै रुससँगको कारोबारलाई थप गति दिइरहेको छ । इराक, साउदी अरब र अमेरिकालाई पछि पार्दै रुस अहिले भारतलाई तेल उपलब्ध गराउने सबभन्दा ठूलो निर्यातक बनेको छ । 

रोयटर्स समाचार संस्थाका अनुसार, भारतले नोभेम्बर महिनामा रुसको युराल्स ग्रेड तेलको कुल निर्यातको ४० प्रतिशत एक्लैले आयात गरेको थियो । युरोपेलीहरूले रुसी तेलको अधिकतम मूल्य तोकेको भए पनि भारतले त्यसलाई बेवास्ता गर्दै रुससँग स्वच्छ मूल्यमा कारोबार गरिरहेको छ । 

युरोपसँग झन् झन् टाढिँदै गएको रुसले एसियासँग आर्थिक सम्बन्ध कायम गरिरहँदा रुसको सामाजिक, सांस्कृतिक तथा राजनीतिक पहिचान पनि आगामी वर्षहरूमा कम युरोपेली र बढी एसियाली बन्न सक्ने टोक्योमा रहेको स्टडी अब्रोड रिसर्च इन्स्टिच्युटका व्यवस्थापकीय निर्देशक स्याओचन सु द डिप्लोम्याट पत्रिकामा लेख्छन् । 

एसियातर्फ रुसले कदम चाल्नुमा उसको भौगोलिक अवस्थिति पनि कारण हो । रुसी भूमिको ७७ प्रतिशत भाग एसियामा पर्छ जबकि उसको तीन चौथाइ जनसंख्या चाहिँ युरोपेली भागमा बस्छन् । गोरा र क्रिस्चियन रुसीहरूलाई एसियाली पहिचान अंगीकार गर्न गाह्रो पर्नेछ तर युरोपले उनीहरूलाई पछिसम्म नै दुत्कारिरहेमा उनीहरू त्यसका लागि बाध्य हुन सक्नेछन् । 

उनका अनुसार, युक्रेनका लागि युरोपेलीहरूले एकताबद्ध भएर गरेको समर्थनका कारण रुस अन्य युरोपेली मुलुकहरूसँग थप टाढिनेछ । उदारवादी युरोपको शत्रुका रूपमा रुसको उदय भएपछि युरोपसँग रुसीहरूको जानसांख्यिक तथा सांस्कृतिक सम्बन्ध पनि कमजोर बन्न सक्छ । तर एसियाली मुलुकका रूपमा रुसको वैकल्पिक पहिचान परिभाषित हुन अझै समय लाग्ने स्याओचन लेख्छन् । 

एसियातर्फ रुसले कदम चाल्नुमा उसको भौगोलिक अवस्थिति पनि कारण हो । रुसी भूमिको ७७ प्रतिशत भाग एसियामा पर्छ जबकि उसको तीन चौथाइ जनसंख्या चाहिँ युरोपेली भागमा बस्छन् । गोरा र क्रिस्चियन रुसीहरूलाई एसियाली पहिचान अंगीकार गर्न गाह्रो पर्नेछ तर युरोपले उनीहरूलाई पछिसम्म नै दुत्कारिरहेमा उनीहरू त्यसका लागि बाध्य हुन सक्नेछन् । 

हुन पनि युरोपेली मुलुकहरूले रुसीहरूलाई अवाञ्छित मान्दै प्रवेशाज्ञा दिन समेत प्रतिबन्ध लगाइरहेका छन् । अनि रुसी नागरिकका लागि आप्रवासनका नियमहरू पनि उनीहरूले कठोर बनाएका छन् । 

रुसी नागरिकलाई दिइने प्रवेशाज्ञामाथिको पूर्ण प्रतिबन्धलाई केही युरोपेली मुलुकहरूले कार्यान्वयन गर्न हिचकिचाइरहेको भए पनि युरोपेली संघका सांसदहरूले ईयूको परराष्ट्र मामिला तथा सुरक्षा नीति प्रमुख जोसेप बोरेललाई खुलापत्र लेख्दै रुसीहरूलाई दिइने प्रवेशाज्ञामा कठोरता अपनाउन माग गरेका छन् । अनि रुसी अभिजात वर्गका ६ हजार मानिसलाई पूर्ण यात्रा प्रतिबन्ध लगाउन पनि उनीहरूको माग छ । 

रुसीहरूका विषयमा युरोपेलीहरूको व्यवहार पनि पहिलेदेखि नै सुखद् छैन । ईसाको १३औं शताब्दीमा मंगोल आक्रमणकारीहरूले रुसमाथि विजयी पाएपछि लगभग ५० प्रतिशत रुसीहरूमा मंगोल रगत बगिरहेको दाबी युरोपेली मानवशास्त्रीहरूले गर्ने गरेका छन् । त्यसैले श्वेत सर्वोच्चतावादी युरोपेलीहरू रुसीहरूप्रति जातिवादी सोच राख्छन् । युक्रेनका नवनाजीहरू त झन् रुसीलाई ओर्क अर्थात् अमानव भनी बोलाउने गर्छन् । 

आफूप्रति यस्तो घृणाभाव राख्ने युरोपसँग सम्बन्ध कायम गर्नुमा कुनै औचित्य रुसले देख्न छाडेको प्रतीत हुन्छ । गत अक्टोबर महिनामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार क्षेत्र रुसमा मिसाइएको घोषणा गर्ने क्रममा गरेको उल्लेख महत्त्वपूर्ण छ । त्यसमा उनले बृहत्तर रुसको कुरा गरेका छन् जुन सोभियत संघको पुनर्बहालीको संकेत नभएको रुसी विश्लेषक दिमित्री त्रेनिनको भनाइ छ । 

पुटिनका अनुसार, बृहत्तर रुस पश्चिमभन्दा भिन्न अद्वितीय सभ्यता हो जसले अमेरिकाको प्रभुत्ववादी नीतिको विरोध गर्छ अनि आफ्ना मूल्यमान्यतालाई सर्वव्यापी भनी प्रस्तुत गर्ने पश्चिमको प्रयासलाई पनि अस्वीकार गर्छ । 

पुटिनको यो भनाइ सोभियत संघका एक मात्र राष्ट्रपति मिखाइल गोर्भाचोभको भन्दा नितान्त फरक रहेको त्रेनिन स्मरण गराउँछन् । गोर्भाचोभले रुसको साझा युरोपेली घरको कुरा गरेका थिए । 

त्यसो त पुटिन आफैंले पनि सन् २००१ मा रुसलाई नेटोमा जोड्ने अनि पोर्चुगलको लिस्बनदेखि रुसको भ्लादिभोस्तोकसम्मको बृहत्तर युरोप बनाउने कुरा गरेका थिए । तर युरोपेलीहरूले अमेरिकाको पछि लागेर रुसलाई सधैं जोखिमका रूपमा लिएर नेटोको विस्तार गर्ने नीतिलाई आक्रामक रूपमा बढाएपछि पुटिन पश्चिमसँग बिच्किन थालेका हुन् । 

सन् २००७ मा भएको म्युनिक सुरक्षा सम्मेलनमा पुटिनले अमेरिकी प्रभुत्ववादको तीखो आलोचना गरेका थिए अनि पश्चिमसँग रुसको सम्बन्धको मार्गचित्र पनि कोरेका थिए । त्यसपछि सन् २०१४ मा अमेरिकाले युक्रेनमा कू गराएर रुसविरोधी सरकार स्थापना गराएपछि पश्चिमसँग पुटिनको मोहभंग भयो । अहिले आएर त्यो पूर्णतया सम्बन्धविच्छेदको स्थितिमा पुगेको छ । 

बृहत्तर युरोपको सपना पूरा गर्न असमर्थ भएपछि अब बृहत्तर एसियाको एक अंगका रूपमा रुसलाई उभ्याउन पुटिनले कोशिश गरिरहेको देखिन्छ । सेन्ट पिटर्सबर्गदेखि शांघाईसम्म फैलिएको बृहत्तर एसियाको अवधारणालाई रुसीहरूले अघि बढाउन थालेको इजरायलको बार–इलान विश्वविद्यालयमा आबद्ध एमिल अव्दालियानीले तर्क गरेका छन् । 

अझ एसियासँग थप नजिकिनका लागि रुसले आफ्नो राजधानी समेत सार्न सक्ने आकलन इतिहासकार एरिक जोयसले गरेका छन् । मोडर्न डिप्लोमेसीमा प्रकाशित उनको लेखमा उल्लेख गरिएअनुसार, रुसले मस्कोबाट राजधानी सारेर नोभोसिबिर्स्क लैजान सक्छ । 

युक्रेन नेटोको सदस्य बनेमा उसको भूमिबाट पाँच मिनेटभित्र क्षेप्यास्त्र मस्को पुगेर विनाश गर्न सक्ने अनि त्यसको प्रतिकार गर्न आफूलाई पर्याप्त समय नपुग्ने पीरकै कारण रुसले युक्रेनमाथि आक्रमण गरेको हो । तर युक्रेन सीमाबाट १९ सय माइल पर रहेको नोभोबिर्स्कमा राजधानी सार्दा अमेरिका र नेटोको जोखिम निकै कम हुन्छ । रुसलाई ‘न्युक्लीयर ब्ल्याकमेल’ गर्ने अमेरिकाको योजना पनि त्यस्तो स्थितिमा बेकामे हुनेछ । 

त्यस्तै युक्रेन युद्धपछि रुसी खेलाडीहरूमाथि पनि युरोपेली तथा पश्चिमाहरूले प्रतिबन्ध लगाएकाले रुसीहरू एसियामा आबद्ध हुन खोजिरहेका छन् । युरोपेली फूटबलको नियामक संस्था यूईएफएले रुसमाथि प्रतिबन्ध लगाएकाले एसियाली फूटबल महासंघमा रुसलाई आबद्ध गराउन बनाइएका योजना जायज रहेको रुसी फूटबल अधिकारी अलेक्सी सोरोकिनले बताएको भनी आरटीले खबर दिएको छ । 

राष्ट्रिय स्तरमा मात्र नभई क्लब तहमा पनि रुसी टीमहरूलाई च्याम्पियन्स लीग र युरोपा लीगमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ । यूईएफएले फिफाका प्रतियोगिताहरूमा रुसी टोलीहरू तटस्थ भूमिमा समेत खेल्न पाउने सम्भावना अत्यन्तै न्यून छ । 

रुसले एसियातर्फ ध्यान केन्द्रित गरिरहेको भए पनि उसका लागि दीर्घकालीन रणनीतिक चुनौतीका रूपमा चीनसँगको सम्बन्ध रहेको छ । चीनको कनिष्ठ तथा आश्रयी साझेदार नबनिकन चीनसँगको सम्बन्ध सुमधुर राख्ने चुनौती रुसलाई रहेको मार्शल सेन्टर नामक थिंकट्यांकमा आबद्ध विश्लेषक डेभिड लिविस लेख्छन् ।

रुसका ओलम्पिक खेलाडीहरू पनि त्यस्तै प्रतिबन्धमा परेकाले ओलम्पिक काउन्सिल अफ एसियाले आफूअन्तर्गत रुसी खेलाडीहरूलाई प्रतिस्पर्धाको अवसर दिन चाहेको छ । उसले यस विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसमक्ष पनि आग्रह गरेको छ । 

रुसले एसियातर्फ ध्यान केन्द्रित गरिरहेको भए पनि उसका लागि दीर्घकालीन रणनीतिक चुनौतीका रूपमा चीनसँगको सम्बन्ध रहेको छ । चीनको कनिष्ठ तथा आश्रयी साझेदार नबनिकन चीनसँगको सम्बन्ध सुमधुर राख्ने चुनौती रुसलाई रहेको मार्शल सेन्टर नामक थिंकट्यांकमा आबद्ध विश्लेषक डेभिड लिविस लेख्छन् ।

त्यसैलाई विचार गरी रुसले भारतसँगको सम्बन्ध थप गहिरो बनाएको हो । युरेसियामा चीनलाई पूर्ण रूपमा हावी हुनबाट रोक्नका लागि भारत (र इरान) सँग मिलेर त्रिपक्षीय साझेदारीलाई रुसले निकै जोड दिएको छ । नर्थ–साउथ ट्रान्सपोर्ट कोरिडोर त्यसैको उपज हो । 

बेइजिङलाई सन्तुलनमा राख्नका लागि मस्को, दिल्ली, टोक्यो, सौल, तेहरान, जकार्ता र मनिलालाई ग्रेटर युरेसियन पार्टनरशिपअन्तर्गत ल्याउन रुसले कोशिश गरिरहेको रुसी राजनीतिशास्त्री सर्गे कारागानोभ लेख्छन् । 

यसरी आफ्नो शक्तिशाली हैसियत कायम राख्दै रुसले एसियासँगको सम्बन्धलाई विस्तार गर्न खोजिरहेको देखिन्छ । यसले क्षेत्रीयका साथै विश्व राजनीतिमा दूरगामी प्रभाव पार्ने देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्