२४ जेठ २०८३, आइतबार

'यही कुरा साचो हो' गीतको म्युजिक भिडियो सार्वजनिक

'यही कुरा साचो हो' गीतको म्युजिक भिडियो सार्वजनिक

नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड र अस्मिता परियारको स्वर रहेको  ‘यही कुरा साँचो हो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खुस्बु र प्रिन्स विश्वकर्मा फिचर्ड उक्त म्युजिक भिडियोमा दुई जनाको प्रेम भावलाई भिडियोमा देखाइएको छ । विहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको थियो । गीतमा माधव तिम्सिनाको शब्द रहेको छ भने संगीत एरेन्ज तथा मिक्सिङ बाबुल गिरीको रहेको छ ।

‘गीतझैँ भिडियो राम्रो बनाउने कोसिश गरेका छौँ । गीतको भावअनुसार भिडियोमा प्रस्तुत भएकी छु’ अभिनेत्रीले भनिन् । भिडियोमा रामकुमार केसीको छायांकन, राजीव समरको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन र दशरथ सुनारको निर्देशन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्