१८ असार २०८३, बिहीबार

उत्तर कोरियाविरुद्ध चीनको कडा कदम

कात्तिक २०, २०७४
उत्तर कोरियाविरुद्ध चीनको कडा कदम

काठमाडौं, ३१ साउन — चीनले उत्तर कोरियाबाट आयात हुने कोइला, काँचो फलाम र समुद्री खानेकुरामा मंगलवारबाट रोक लगाएको छ ।


संयुक्त राष्ट्रसंघले उत्तरविरुद्ध आर्थिक प्रतिबन्ध लगाएपछि चीनले यो कदम उठाएको हो ।

उत्तरको ९० प्रतिशत अन्तर्राष्ट्रिय व्यापार चीनसँग छ । अमेरिकाले उत्तर कोरियालाई लगाम कस्न चीनले सबै प्रयास नगरेको भन्दै आलोचनापछि चीनले कारवाही गरेको हो ।

आर्थिक प्रतिबन्धका कारण उत्तरलाई एक वर्षमा लगभग एक खर्ब रुपैयाँ नोक्सान हुने देखिएको छ ।

अमेरिकी प्रतिनिधिमण्डलका तर्फबाट सुरक्षा परिषद्लाई सुम्पिएको आँकडामा यो दाबी गरिएको हो । अघिल्लो वर्ष उत्तर कोरियाबाट चीनमा लगभग १ खर्ब २० अर्ब रुपैयाँबराबरको कोइला आयात भएको हो ।

विशेषज्ञहरूका अनुसार यस वर्ष यो आँकडा अझै कम हुनेछ किनकि चीनले फेब्रुअरीमै प्रतिबन्ध लगाइसकेको थियो ।

प्रतिबन्धको असर काँचो फलाम र सामुद्रिक खानेकुरामा बढी पर्न सक्छ ।

सोमवार अमेरिकी राष्ट्रपतिले नक्कली सामान बेच्ने अनि बौद्धिक सम्पत्तिको चोरीका विषयमा चीनविरुद्ध जाँचको आदेश दिएका थिए । चिनियाँ मिडियाका अनुसार यसो गरेर चीनमाथि उत्तर कोरियाविरुद्ध अझ कडा रवैया अपनाउने कोशिश ट्रम्पले गरेका हुन् ।

आधिकारिक रूपमा अमेरिकाले दुवै मामिलालाई एकसाथ जोड्न अस्वीकार गरेको छ । तर ट्रम्पले एक बयानमा उत्तर कोरिया विषयमा मद्दतको साटो चीनप्रति नरम नीति अपनाउने संकेत दिएका थिए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्