१० असार २०८३, बुधबार

नेपाल लिटरेचर फेष्टिबल : पोखरा कस्तो बनाउने ?

नेपाल लिटरेचर फेष्टिबल : पोखरा कस्तो बनाउने ?

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई सहजकर्ता पत्रकार अमृत सुवेदीले प्रश्न गरे, ‘केही समयअघि सकिएको विश्वकप तपाईंले ठूलो स्क्रिनबाट शहरमा देखाउनुभयो । अब पोखराको उपलब्धि ठूलो स्क्रिनमा कहिले देखाउने ?’ पोखरामा जारी दशौं अन्तर्राष्ट्रिय साहित्य महोत्सवको ‘कस्तो पोखरा’ नामक सेसनमा सहजकर्ता सुवेदीले मेयर आचार्यलाई सोधेको सुरुवाती प्रश्न गरिरहँदा बहसमा मेयरसँगै कास्की–२ कि प्रतिनिधिसभा सांसद विद्या भट्टराई र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आननन्दराज मुल्मी सहभागी थिए ।

मेयर आचार्यले आफू पोखराको विकासमा व्यस्त रहेको बताए । निर्वाचित भएको ६ महिनामा सबैभन्दा बढी जनवरी १ बाट सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र सोलिड वेस्ट म्यानेजम्यान्टमा बढी समय लगानी भएको बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थल, त्यसको तयारीमा रहेको सोलिड वेस्ट म्यानेजमेन्ट ल्याण्डफिल साइटको सन्दर्भमा हेर्ने, खोज्नमा समय गएको छ । अब हामी अन्तिम चरणमा पुगेका छौं,’ उनले भने । 

महानगरप्रमुख आचार्य निर्वाचित भएर आएपछि सबैभन्दा ठूलो समस्याको रुपमा रहेको ल्याण्डफिल साइट व्यवस्थापन चुनौती रहेको उनले बताए । अब फोहोर मैला प्रशोधन केन्द्र निर्माण गर्ने निर्णय हालैको कार्यपालिका बैठकमा गरेको उनको भनाइ छ । ‘अहिले अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कने बित्तिकै तराईतिरको सहरजस्तो छ पोखरा । फोहार छन् । त्यसलाई व्यवस्थापन गर्नेदेखि बसपार्क निर्माण गर्ने योजनामा छौं । बसपार्क व्यवस्थापनको काम भइरहेको छ । सबै क्षेत्रका विज्ञलाई राखेर यातयात समिति बनेको छ । यातयातदेखि ट्राफिकसम्म सबैलाई व्यवस्थापन गर्नेछौं,’ उनले भने । 

सहजकर्ता सुवेदीको जिज्ञासासँगै उद्योगी आनन्दराज मूल्मीले आफूहरूले पोखरा शहर बनाउन निजी क्षेत्रले धेरै योगदान गरे पनि कतिपय काम राज्य आफैंले गर्नुपर्ने बताए । ‘सबै कुरा निजी क्षेत्रले गर्देन । कति काम राज्य आफैंले गर्नुपर्ने छ । नीतिगत रुपमा निर्णय भएको भए गथ्र्यौं होला’ उनले भने ।

मूल्मीले पोखरा नगरपालिका हुँदाकै संरचना अहिले महागनर हुँदा पनि त्यही भएको गुनासो गरे । मेयरको नेतृत्वमा महानगरपालिकाले तत्कालै सुधार गर्न सकोस् । पोखरा प्रदुषणमुक्त, हरियाली, स्वच्छ र सफा हुन सकोस्,’ उनले शुभकामना दिए । 

उनले अन्तर्राष्टिय पोखरा विमानस्थलको सन्दर्भमा अन्तर्राष्ट्रिय एअरपोर्ट बन्न ३ हजार मिटरको रन वे न्यूनतम आवश्यक रहेको बताए । ‘जबसम्म ३ हजार मिटरको रनवे हुन्न, तबसम्म हामीले चाहेका विश्वका अन्य शहरसम्म पोखराबाट पुग्ने रहर पूरा हुँदैन,’ उनले भने । 

सहजकर्ता सुवेदीले कास्की–२ बाट निर्वाचित भएकी संघीय सांसद विद्या भट्टराईलाई जिज्ञासा गरेपछि भट्टराईले भनिन्, ‘सबै छाडेर मेट्रो रेलको चर्चा गरेको हैन । पोखराको कुरा गर्दा पर्यटनसहितको पोखरा खोजिरहेका छौं । पर्यटनका लागि आकर्षक कुरा के दिने ?’ बताइन् ।

ल्याण्डफिल साइटको सन्दर्भमा आफूले यसबारे संसदमा कुरा पनि उठाएको बताइन् । महानगरपालिबकाले आफैं जिम्मा लिएर गर्छु भनेको कुरामा आफूले हस्तक्षेपकारी भन्दा पनि सहयोगी भूमिका निभाएको उनको भनाइ छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थाललाई समयमा सम्पन्न गर्ने कुरा पोखराको ल्याण्डफिल साइटको व्यवस्थापनसँग जोडिएको छ । यो कुरालाई स्थानीय तहलाई मात्र जिम्मा लगाएर हुन्न । संघीय सरकारले यसको जिम्मेवारी लिनुपर्छ,’ उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्