२४ जेठ २०८३, आइतबार

स्वदेश फर्किए अभिनेता विवेक ओबरोय

स्वदेश फर्किए अभिनेता विवेक ओबरोय

१० दिने नेपाल भ्रमण सकेर भारतीय अभिनेता विवेक ओवरोय स्वदेश फर्किएका छन् । व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका ओवरोय आज स्वदेश फर्किएका हुन् । उनी मंसिर २८ गते नेपाल आएका थिए । व्यवसायी यादवले आफ्नै खर्च र पहलमा विवेकलाई नेपाल ल्याएकी हुन् ।

नेपालमा रहँदा उनले पशुपतिनाथको दर्शन गर्नुका साथै विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेका थिए । ओवरोयले नेपालमा हुँदा पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काइक्रिमर समेत गरेका थिए ।

यस्तै उनले पोखरामा रहेको अन्नपूर्ण केबलकारको भ्रमण गरेका थिए ।​ ओवरोयले नेपाल बसाइका क्रममा यहाँको खाना एकदमै मिठो लागेको बताएका छन् ।

फेरि पनि नेपालको भ्रमणमा आउने ओबरोएले बताए । व्यवसायी यादवले आबरोयको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

आगामी दिनमा नेपालका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि आफ्नोतर्फबाट सम्पूर्ण पहल गर्ने पनि उनले बताएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्