
आज गण्डकी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुने र तराईका जिल्लामा हुस्सु तथा कुहिरो लाग्ने विभागको भनाइ छ । जाडो क्रमिकरुपले बढ्दै गएको र तापक्रम घट्नेक्रम निरन्तर रहेकाले आवश्यक सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ ।
विभागका अनुसार आज आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ । त्यस्तै, भोलि सोमबार मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ ।
त्यस्तै, पुस १२ गते मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ । उच्च पहाडी भूभागमा हल्का हिमपात जारी रहने विभागको भनाइ छ ।
विभागका अनुसार हिजो साँझ काठमाडौं उपत्यकाका न्युनतम तापक्रम ५.३ डिग्री सेल्सियसमा झरेको थियो । त्यस्तै, जुम्लाको न्युनतम तापक्रम माइनस ५.६ पुगेको छ । त्यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस ६.१ मा झरेको विभागले जनाएको छ ।