१० असार २०८३, बुधबार

अस्थायी शिक्षकको परीक्षा स-यो

कात्तिक २०, २०७४
अस्थायी शिक्षकको परीक्षा स-यो

काठमाडौँ, ३१ साउन - शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षा एक सातापछि सारेको छ ।ta-default

यही भदौ ३ गतेका लागि तोकिएको परीक्षा भदौ १० गतेका लागि तोकिएको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिनुभयो ।

यसअघि पनि आयोगले गत असार २४ गतेबाट भदौ ३ गतेका लागि परीक्षा सारिएको थियो ।

मुलुकभर बाढीपहिरोका कारण आवत जावत गर्न समस्या परेको भन्दैे परीक्षा एक हप्ता पछाडि सार्नु परेको प्रमुख पौडेलले बताउनुभयो ।

देशभरि कार्यरत अस्थायी शिक्षकलाई स्थायी बनाउन लागि शिक्षा ऐन–२०२८ (आठौँ संशोधन)ले गरेको व्यवस्थाअनुसार आयोगले गत चैत १९ गते विज्ञापन गरेको थियो ।

परीक्षामा २०५९ सालभन्दा अगाडिदेखि २०७२ साल असोज २ गतेसम्मका अस्थायी शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था रहेको छ । प्रतियोगितामा १९ हजार २६५ शिक्षकको विज्ञापन गरे तापनि १५ हजार ६९० ले मात्र दरखास्त दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्