१४ असार २०८३, आइतबार

युक्रेनको खर्सनमा बारुदी सुरुङ विस्फोट, ३ जनाको मृत्यु

पुस १०, २०७९
युक्रेनको खर्सनमा बारुदी सुरुङ विस्फोट, ३ जनाको मृत्यु

युक्रेनको दक्षिणतर्फ रहेको खर्सनस्थित एक सुरुङमा विस्फोट भएपछि त्यहाँ कार्यरत तीन कर्मचारीको मृत्यु भएको छ । 

रुसी आक्रमणपछि नै उनीहरू त्यहाँ काम गरिरहेका थिए । उनीहरू विशेष प्रयोजन इकाइको आपतकालीन तथा उद्धार टोलीका सदस्य थिए । 

उनीहरूलाई सुरुङमा रहेको विस्फोटक पदार्थ निष्क्रिय पार्ने जिम्मेवारी दिइएको थियो । 

यसअघि शनिवार रुसी आक्रमणमा परी खर्सन शहरमा कम्तीमा १० जनाको मृत्यु भएको थियो । युक्रेनले यो रुसी आक्रमण भएको बताए पनि रुसले चाहिँ यसका लागि युक्रेनी सेनालाई दोषी ठहर्‍याएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्