०२ साउन २०८३, शनिबार
नयाँ समीकरण

एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री, रवि लामिछाने पनि सरकारमा सहभागी हुने

एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री, रवि लामिछाने पनि सरकारमा सहभागी हुने

नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतवार भएको चारदलको बैठकमा प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भएको बैठकमा सहभागी एक नेताले लोकान्तरलाई जानकारी दिए । 

एमालेको समर्थनमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत र उन्मुक्ति पार्टी सरकारमा सहभागी हुने भएका छन् । आजै सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ ।

सहमतिपछि आजै राष्ट्रपति समक्ष प्रधानमन्त्रीका लागि दाबी गर्ने दलहरूको तयारी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्