
प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ भोलि (सोमवार) हुने भएको छ । आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराउने भएका हुन् । सोमवार राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको शपथ ग्रहण समारोह आयोजना गरिने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । शपथ ग्रहण साेमवार अपराह्न ४ बजे हुने छ ।
राष्ट्रपति भण्डारीले आइतवार प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनी नेकपा एमाले, जनता समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूसमेतको समर्थनमा प्रधामन्त्री बनेका हुन् ।