२२ जेठ २०८३, शुक्रबार

उडायो सपना सबै हुरीले : नेता घिमिरे

उडायो सपना सबै हुरीले : नेता घिमिरे

नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले पार्टीका नेताहरुप्रति रोश प्रकट गरेका छन् । सत्ता गठबन्धन टुटेपछि सामाजिक सञ्जालमा आज ट्वीट गर्दै उनले आफुहरुको सुझाव नसुनेर पार्टीमाथि यो दूर्दशा आइपरेको बताएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, “हामीले चुनाव अगाडि नै गठबन्धन नगरौं भनेकै हो, हाम्रो कुरा तपाईहरुले सुन्नु भएन । चुनावमा गठबन्धन नगरेको भए माओवादी अध्यक्ष प्रचण्डको पत्तासाफ हुन्थ्यो, उनले भनेका छन् । 

कांग्रेस संसदीय दलका पूर्व सचेतक समेत रहेका घिमिरेले भनेका छन्, “उडायो सपना सबै हुरीले । हँसिया हथौडामा भोट हालेन भनेर कांग्रेसीहरुलाई कारवाही गर्ने ?” नेता रामचन्द्र पौडेलको तस्बिर ट्वीटमा पोष्ट गर्दै नेता घिमिरेले सो ट्वीट गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्