१६ असार २०८३, मंगलबार

मंसिर पहिलो साता निर्वाचन

कात्तिक २०, २०७४
मंसिर पहिलो साता निर्वाचन
काठमाडौँ, ३२ साउन- निर्वाचन आयोगले मंसिर पहिलो साताभित्र प्रतिनिधिसभा निर्वाचन हुनेगरी १ भदौभित्रै निर्वाचन मिति घोषणा गर्न सरकारसँग आग्रह गरेको छ ।aayog
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार आयोग पदाधिकारीसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मंसिर पहिलो साताभित्रै प्रतिनिधिसभा निर्वाचन हुनेगरी निर्वाचन मिति घोषणा गर्न भनेको हो । आयोग पदाधिकारीले १ भदौमा मिति घोषणा गर्न सरकारलाई सुझाएका छन्, राजधानी दैनिकमा खबर छ ।

भेटमा सहभागी आयोगका आयुक्त नरेन्द्र दाहालले १ भदौभित्रै मिति घोषणा गर्न र निर्वाचनका लागि आवश्यक पर्ने ऐन कानुन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तत्काल उपलब्ध गराउन प्रधानमन्त्रीलाई आग्रह गरिएकोे बताए ।

salt training

कमेन्ट गर्नुहोस्