१२ असार २०८३, शुक्रबार

देउवाले प्रचण्डलाई दिए बधाइ

देउवाले प्रचण्डलाई दिए बधाइ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाइ दिएका छन् । आइतवार प्रधानमन्त्री पदमा नियुक्त भएका प्रचण्डलाई सोमवार देउवाले फोन गरेर बधाइ दिएका हुन् ।  

प्रधानमन्त्रीमा नियुक्त भएकोमा देउवाले प्रचण्डलाई फोन गरेर बधाइ दिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । महराले कांग्रेसका अन्य नेताहरूले पनि प्रचण्डलाई फोनमार्फत बधाई दिएको बताए ।​

कांग्रेससहितको ५ दलीय गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त गठबन्धन छाडेर एमालेसहितको गठबन्धन बनाएर प्रधानमन्त्री बनेका छन् । सरकारको नेतृत्वको विषयमा कांग्रेस र माओवादी केन्द्रबीच सहमति हुन नसकेपछि प्रचण्डले कांग्रेससँगको गठबन्धन छाडेर एमालेलगायतका दलसँग गठबन्धन बनाएका हुन् । 

आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । उनले आज (सोमवार) अपराह्न ४ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्