२४ जेठ २०८३, आइतबार

जाँदाजाँदै सञ्चारमन्त्री कार्कीले भनेः नेपाललाई आईटी हब बनाउनु पर्छ

जाँदाजाँदै सञ्चारमन्त्री कार्कीले भनेः नेपाललाई आईटी हब बनाउनु पर्छ

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आइटी हब बनाउनुपर्ने प्रस्ताव गरेका छन् । सोमवार मन्त्रालयबाट बिदाइ हुने क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

मन्त्री कार्कीले नेपाल आईटी र शिक्षाको केन्द्र बन्न सबै किसिमबाट उपयुक्त भएको भन्दै देशलाई अबको ५ वर्षमा आईटी हबको रूपमा विकास गर्न जरुरी रहेको बताए । उनले नेपाली युवायुवतीहरू विदेशिन बाध्य भएको भन्दै देशका युवायुवतीहरूलाई घर, परिवार र आफ्नै समाजमा बसेर विदेशी मुद्रा आर्जन गराउने आईटी हब नेपाललाई बनाउनुपर्ने बताए । 

मन्त्री कार्कीले नेपाललाई आईटीको हब बनाउने कुरामा आफू सदैव सकारात्मक र सहयोगी हुने प्रतिबद्धतासमेत जनाए । उनले आगामी ५ वर्षमा पूर्वाधार, जलस्रोतको विकास गरेर मुलुकले गति लिएको आभाष जनतालाई दिनुपर्ने बताए । 

‘अहिले विदेशमा हाम्रा धेरै युवायुवतीहरू जानुपरेको छ । उहाँहरूले पठाएको रेमिट्यान्सबाट हाम्रो मुलुकको अर्थतन्त्र चल्नमा धेरै ठूलो मद्दत गरेको छ । हामीले हाम्रै देशका युवायुवतीहरूलाई हाम्रै घर परिवारसँग बसेर समाजमा बसेर एउटा ५० हजारको ल्यापटप किनेर विदेशी मुद्रा आर्जन गराउने आईटी हब नेपाललाई कसरी बनाउन सकिन्छ, त्यस दिशातर्फ हाम्रो ध्यान गम्भीर रुपले जान जरुरी छ’, मन्त्री कार्कीले भने, ‘त्यस दिशातर्फ मुलुकलाई उन्मुख गर्न मेरो योगदान रहन्छ । हाम्रो देश आइटी हब हुनका निमित्त सबै हिसावले (क्लाइमेट, शिक्षा) लगायत सबै हिसावले आइटी हब बनाउन जरुरी छ । पूर्वाधार, जलश्रोतको विकास गरेर मुलुकले गति लिएको आभाष जनतालाई दिनुपर्छ ।’ 

मन्त्री कार्कीले अबका दिनमा कांग्रेसले बदलिँदो परिस्थितिमा देशलाई केन्द्रमा राखेर र नेपाली जनतालाई केन्द्रमा राखेर अघि बढ्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्