१५ असार २०८३, सोमबार

ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । जिल्लाको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । 

आज साँझ करिब ८ बजेको समयमा ट्र्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा–५ स्थायी ठेगाना भएका चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन् । झोलुङ्गे पुलका सामान लिएर गएको से२त २३४३ नंको उक्त ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्