०५ साउन २०८३, मंगलबार

स्थायी राजधानी कार्यान्वयन हुनु मुख्य उपलब्धि : लुम्बिनी प्रदेश सरकार

स्थायी राजधानी कार्यान्वयन हुनु मुख्य उपलब्धि : लुम्बिनी प्रदेश सरकार

लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी कार्यान्वयनको विषयलाई मुख्य उपलब्धि मानेको छ ।

प्रदेश सरकारका गौरवका आयोजनाबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा राजधानीलाई मुख्य उपलब्धिका रूपमा हेरिएको हो ।

प्रदेश सरकारको गौरवको आयोजना लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेको खजुरामा स्थापना गरी काम तीव्रताका साथ अघि बढाइएको, लुम्बिनी प्रदेशको प्रादेशिक अस्पताललाई विशेषज्ञसहित देशकै नमूना अस्पताल बनाउन बजेट र नीतिअनुसार काम अघि बढाइएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागू गरी प्रदेशका १०९ वटै स्थानीय तहमा कार्यान्वयन गर्दा सकारात्मक परिणाम दिएको निष्कर्ष प्रदेश सरकारको छ ।

लुम्बिनी प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माले सरकारले यातायातको विस्तार गरेको, स्वास्थ्य र शिक्षा क्षेत्रमा नमूनाका कामहरू गरेको उल्लेख गरे । वर्तमान सरकारले ५ वर्षे कार्यकालकै स्वामित्व लिन तयार हुनुपर्ने भन्दै उनले शुन्यबाट शुरू भएको प्रदेश सरकार र प्रदेश सभाका कामहरू अब सुविधासम्पन्न र आफ्नै भवनबाट गर्ने गरी काम गरेको बताए । 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री शर्माले लुम्बिनी प्रदेश सरकारको ५ वर्षे कार्यकाल राजधानी कार्यान्वयनमै रहे पनि भौतिक पूर्वाधारको क्षेत्र र जनजीविकाका सवालमा गरेका कामलाई लिपिबद्ध प्रस्तुत गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्