१२ साउन २०८३, मंगलबार

सन्दीप प्रकरणः किशोरीको जन्म भएको अस्पतालबाट कागजात झिकाउन अदालतको आदेश

सन्दीप प्रकरणः किशोरीको जन्म भएको अस्पतालबाट कागजात झिकाउन अदालतको आदेश

अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ । मंगलवार काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको हो । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्मदर्ताको कागजात झिकाउने आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए । उनले सन्दीप लामिछानेविरुद्धको मुद्दाको बारेमा काठमाडौं जिल्ला अदालतले सम्बन्धित पक्षलाई बुझ्न ‘पीडित भनिएकी किशोरीको जन्मको बारेमा सम्बन्धित कागजातहरू सम्बन्धित कार्यालयहरुबाट मगाउनू’ भन्ने आदेश दिएको बताए ।

अधिवक्ता घिमिरेले अदालतले क्रिकेटर देव खनाललाई सन्दीप र पीडित भनिएकी किशोरीबीच सम्पर्क गराएकोमा बकपत्र दिन बोलाइएको र किशोरीको मेडिकल टेस्ट गर्ने डाक्टरलाई पनि बकपत्रका लागि बोलाउन आदेश दिएको बताए । उनले अदालतले पीडित भनिएकी युवतीको दाजुले किशोरी वीरगञ्जमा जन्मिएको भनेपछि सम्बन्धित अस्पतालबाट कागजात झिकाउन आदेश दिएको पनि बताए । 

अधिवक्ता घिमिरेले सन्दीप लामिछानेविरुद्धको जाहेरीलाई जतिसक्दो चाँडो टुंगोमा पु¥याउने बताए । उनले अबको करिब ३ महिनामा सबै विषय टुंगिने दाबी गरे । उनले क्रिकेटर लामिछानेमा आफू निर्दोष छु भन्ने आत्मविश्वास रहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्