०३ साउन २०८३, आइतबार

धार्मिक महोत्सवमा एक विशाल रूख ढल्दा ११ जनाको मृत्यु

कात्तिक २०, २०७४
धार्मिक महोत्सवमा एक विशाल रूख ढल्दा ११ जनाको मृत्यु

 

लिसवन (पोर्चुगल), ३१ साउन - पोर्चुगलको माएिरा भन्ने टापूमा धार्मिक महोत्सव मनाइरहेको ठाउँमा मङ्गलबार एक विशाल रूखले थिचेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । 

करिब २०० बर्ष पूरानो भएको विश्वास गरिएको उक्त रूख एक्कासी कार्यक्रमस्थलमा ढल्दा ११ जनाको मृत्यु भएको र ३५ जनाभन्दा बढी व्यक्ति घाइते भएका यहाँको सरकारी टेलिभिजन च्यानल आरटिपीले बताएको छ ।
 
टापूको दक्षिणी किनारमा अवश्थित एक चर्च नजिकै रहेको उक्त रूखमुनि धार्मिक पर्वका अवसरमा रमाइलो मनाइरहेका भक्तजन सबै पोर्चुगाली नागरिक नै रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्