२८ जेठ २०८३, बिहीबार

काभ्रेपलाञ्चोकमा रेबिज संक्रमण नियन्त्रणमा

काभ्रेपलाञ्चोकमा रेबिज संक्रमण नियन्त्रणमा

काभ्रेपलाञ्चोकमा पछिल्ला केही महिनादेखि पशुचौपायामा देखिएको रेबिज रोगको संक्रमण नियन्त्रणमा आएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौंदेखिको निगरानी तथा रेबिज विरुद्धको खोप लगाएपछि नियन्त्रणमा आएको हो ।  

गत मंसिर पहिलो सातादेखि महाभारत गाउँपालिकाका २ गाउँमा रेबिजको संक्रमण नियन्त्रणमा आएका बेला काभ्रेपलाञ्चोकको अर्को स्थानीय तह मण्डनदेउपुरको १ वडामा संक्रमण देखिएको थियो । केही हप्ताअघि मण्डनदेउपुर नगरपालिका–१० मा मरेको १ कुकुरमा परीक्षण गर्दा बिहीवार रेबिज पुष्टि भएपछि त्यस क्षेत्रका पशुचौपायालाई खोप लगाइएको केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईंले बताए । उनका अनुसार हाल नगरमा रेबिजको संक्रमण नियन्त्रणमा आएको छ ।

मण्डनदेउपुर नगरकै केही स्थानमा बितेको २ महिनाको अवधिमा २२ गाई मरेका थिए । यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करीब ३० व्यक्तिलाई रेबिज विरुद्धको खोप लगाइएको छ ।

थप व्यक्ति पहिचान गरी खोप लगाइने नगरका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताए । उक्त स्थानमा स्थानीयस्तरका स्वास्थ्य शाखा र पशु शाखा जिल्ला स्वास्थ्य कार्यालय र केन्द्रको विज्ञ टोली सहितले निगरानी गरिरहेका  छन् ।

salt training

कमेन्ट गर्नुहोस्