२५ जेठ २०८३, सोमबार

यार्सागुम्बाका लागि चिनियाँहरू अरुणाचल प्रदेशमा प्रवेश गरेको दाबी

पुस १३, २०७९
यार्सागुम्बाका लागि चिनियाँहरू अरुणाचल प्रदेशमा प्रवेश गरेको दाबी

केही दिनअघि भारतको अरुणाचल प्रदेशमा चिनियाँ सैनिकहरू प्रवेश गरेको घटनामा यार्सागुम्बा पनि एक कारण रहेको भारतको एक थिंकट्यांक आईपीसीएससीले दाबी गरेको छ ।

उसको पछिल्लो प्रतिवेदनमा उल्लेख भएअनुसार, चिनियाँ सैनिकहरू यार्सागुम्बा चोर्नका लागि भारतमा प्रवेश गर्ने गरेका छन् । 

यार्सागुम्बा हिमाली क्षेत्र तथा दक्षिणपश्चिम चीनमा रहेको छिङ्हाई–तिब्बती पठारमा निकै अग्लो स्थानमा पाइन्छ । नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार, सिक्किमभन्दा ४५ सय मिटरमाथि यार्सागुम्बा पाइन्छ । त्यति उचाइमा ट्रीलाइन अर्थात् रुखबिरुवा हुँदैन । 

गर्मी याममा हिउँ पग्लेपछि यार्सागुम्बा देखिन थाल्छ । 

हिमालय र तिब्बती पठार क्षेत्रमा घरेलु आम्दानीको ८० प्रतिशत स्रोत नै यार्सागुम्बा हो । 

नपुंसकता तथा मिर्गौलाको रोग निको पार्न यार्सागुम्बा उपयोग गर्ने गरिन्छ । यसको लाभका विषयमा पहिलोपटक १५औं शताब्दीको तिब्बती औषधीय ग्रन्थ एन ओसन अफ एफ्रोडिजियाकल क्वालिटिज (अंग्रेजी) मा उल्लेख भएको थियो । 

चीन यार्सागुम्बाको सबभन्दा ठूलो उत्पादक तथा निर्यातक हो । विगत दुई वर्षमा चीनको छिङ्हाईमा फंगसको कमीका कारण यार्सागुम्बाको कमी देखिएको छ । 

तर यसको माग निरन्तर बढिरहेको छ । बढी माग तथा सीमित स्रोतका कारण यसको अत्यधिक दोहन हुने गरेको छ । 

सन् २०१८ मा नै यसको उत्पादन निकै घटेको थियो । 

छिङ्हाईमा चीनका यार्सागुम्बा कम्पनीहरूले हालैका वर्षमा स्थानीयहरूलाई लाखौं युआन दिएका छन् । मानिसहरूले अत्यधिक यार्सागुम्बा नटिपून् भनी पहाडमा पहुँच बन्द गराउन यो पैसा दिइएको छ । बढी टिपेका कारण यार्सागुम्बाको उत्पादन घट्न थालेको छ । 

चीनमा यार्सागुम्बा कम हुन थालेपछि भारतीय सीमामा पर्ने हिमालमा त्यो टिप्नका लागि चिनियाँ सैनिकहरू प्रवेश गरेको आईपीएससीको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्