
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आमा हीराबेनलाई अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि बुधबार अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्मले जनाएका छन् । सिमलाको एक अस्पतालमा भर्ना गरिएको आमासँग प्रधानमन्त्री मोदी भेट गरी करिब एक घण्टा अस्पतालमा विताएका थिए ।
अस्पतालमा उनको साथमा गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेल पनि सहभागी थिए । युएन मेहता इन्टिच्यूट अफ कार्डियोलोजि एण्ड रिसर्च सेन्टर अस्पतालका अनुसार हीराबेनको स्वास्थ्य अवस्था अहिले स्थीर छ । कांग्रेस नेता राहुल गान्धीले ट्वीट मार्फत आमा हीराबेनको स्वास्थ्यलाभको कामना गरेका छन् ।
आमा र छोराबीचको माया अनन्त र अनमोल हुन्छ, मोदीजी यो बेला कठिन समयमा हाम्रो माया र समर्थन तपाईको साथमा छ, म आशा गर्छु कि तपाईको आमाको स्वास्थ्य चाँडै ठीक हुनेछ, नेता गान्धीले भनेका छन् । गत जुन १८ मा प्रधानमन्त्री मोदीले आफ्नो आमाको एक सय वर्ष पुगेको अवसरमा जन्मदिन मनाएका थिए ।