
अभिनेता एवं निर्माता दीपकराज गिरी राजनीतिक एवं समसामयिक विषयमा टिप्पणी गर्न पनि अगाडि देखिन्छन् ।
विभिन्न सन्दर्भलाई लिएर उनले सामाजिक सञ्जालमा आफ्नो धारणा एवं टिप्पणी सार्वजनिक गरिरहेका हुन्छन् ।
उनै अभिनेता गिरीले सकेसम्म व्यक्तिगत काम लिएर मन्त्रालय नजान सुझाव दिएका छन् ।
बिहीवार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘सकेसम्म ब्यक्तिगत काम लिएर मन्त्रालय नजाऔं । मन्त्रीहरूलाई काम गर्न सजिलो हुन्छ । म त्यही गर्नेछु ।’
दीपकराजको पछिल्लो फिल्म ‘छक्का पञ्जा ४’ आगामी फागुनमा प्रदर्शनमा आउँदैछ ।