१६ असार २०८३, मंगलबार

यी हुन् महिला फ्याउरो, हेर्न आउनेको ताँती लाग्छ

कात्तिक २०, २०७४
यी हुन् महिला फ्याउरो, हेर्न आउनेको ताँती लाग्छ

काठमाडौं, ३२ साउन — पाकिस्तानको कराँचीमा एक अनौठी महिलाको तस्वीर सार्वजनिक भएको छ । खासमा यी महिलाको अनुहार त मान्छेकै हो तर शरीर फ्याउरोको छ ।


यी महिलालाई हेर्न टाढाटाढाबाट मानिसहरू आउने गरेको बताइन्छ । सामाजिक सञ्जालमा महिलाको तस्वीर सार्वजनिक भएपछि चर्चा ह्वात्तै बढेको छ ।

कराँचीको चिडियाखानामा पुग्दा लाउडस्पीकरमा आयोजकहरूले दर्शकलाई मुमताज महल हेर्न लगाउँछन् । त्यहीँ यो विचित्र जीव बस्छ । मानिसहरू यसलाई मुमताज महल अफ्रिकावाली भन्छन् ।

यसअतिरिक्त यी फ्याउरो महिलाले मानिसहरूको भविष्य पनि बताउने गरेकी छन् । पर्यटकहरूसँग उनले रमाइलो कुराकानी पनि गर्ने गरेकी छन् । आफू ३५ वर्षअघि अफ्रिकामा जन्मेको र केक, जुस तथा फल खाने गरेको उनी बताउँछिन् । उनी फरक फरक भाषामा कुराकानी पनि गर्छिन् ।

तर यसको वास्तविक कथा अर्कै छ । यी तस्वीरहरूलाई ध्यान दिएर हेर्नुभयो भने थाहा पाउनुहुन्छ, यी महिला होइनन् । यी त अनुहारमा मेकअप गरेका पुरुष पो हुन् ।


खासमा यी एक पात्र मात्र हुन् । मानिसहरूलाई मनोरञ्जन दिनका लागि यिनलाई त्यहाँ राखिएको हो । काठको तखतामुनि एउटा मान्छे बस्छ र उसको अनुहार मात्र देखिन्छ । फ्याउराको शरीर नक्कली हो । वास्तविकता लुकाउनका लागि हिजाबको प्रयोग गरिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्