१० असार २०८३, बुधबार

हुलाक सेवा विकासका लागि सहयोग गर्ने : सञ्चारमन्त्री बस्नेत

कात्तिक २०, २०७४
हुलाक सेवा विकासका लागि सहयोग गर्ने : सञ्चारमन्त्री बस्नेत
काठमाडौँ, ३२ साउन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले हुलाक सेवा विकासका लागि मन्त्रालयले सहयोग गर्ने बताउनुभएको छ । 

गोश्वारा हुलाक कार्यालयले आज यहाँ आयोजना गरेको डाँक ढुवानी सवारीको उद्घाटन कार्यक्रममा उहाँले प्रतिस्पर्धाको जमानामा हुलाक सेवालाई थप प्रभावकारी बनाउन यसलाई आधुुनिक प्रविधियुक्त बनाएर लग्नुपर्ने आवश्कता औल्याउनुभयो । 

मन्त्री बस्नेतले संविधान कार्यान्वयन र देशको आर्थिक विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो । 

सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले नयाँ प्रविधिको विकाससँगै हुलाकलाई पनि प्रविधिमैत्री बनाउँदै सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । 

हुलाक सेवा विभागका महानिर्देशक सुरेश अधिकारीले जनशक्तिको अभावमा विभागले उपयुक्त सेवा दिन नसकेको स्पष्ट पार्नुभयो । 

उक्त डाँक ढुवानी सेवा करिब ३० देखि ३५ जिल्लामा पु¥याएको जनाएको छ । 

यसअघि मन्त्री बस्नेतले हुलाक कार्यालयको निरीक्षण गरी त्यहाँको वस्तुस्थितबारेमा जानकारी लिनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्