२३ जेठ २०८३, शनिबार

संरक्षण हुन नसक्दा दुई सय वर्ष पुरानो रानीतलाउ जीर्ण बन्दै

संरक्षण हुन नसक्दा दुई सय वर्ष पुरानो रानीतलाउ जीर्ण बन्दै

राकेशकुमार मिश्र

निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण हुन थालेको छ । करिब पाँच वर्षअघि निर्वाचित नेपालगञ्जका नगरप्रमुख डा. धवलशम्सेर राणाको पहलमा पुनः सञ्चालनमा ल्याइएको ताललाई हाल आएर संरक्षणको अभावमा पुनः पहिलाको जस्तै भएको छ ।

धेरै वर्षपछि रु ३५ लाख खर्च गरेर दोस्रोपटक सञ्चालनमा ल्याइएको रानीतलाउको सौन्दर्यको धेरै चर्चा भयो । नेपालगञ्जको पर्यटकीयस्थलका रूपमा परिचित रानीतलाउ अब झकिझकाउ भयो भन्ने धेरैलाई लाग्यो । दुर्भाग्य डेढ वर्षपछि रानीतलाउ फेरि उस्तै बाटोमा फर्किसकेको छ । बोटिङ बन्द भएको छ । सरसरफाइमा कमी छ । पर्यटकको घुइँचो हुने रानीतलाउ सुनसान भएको स्थानीय कृष्णमुरारीप्रसाद भट्टले बताए । 

उनले भने, “नेपालगञ्जको ऐतिहासिक पर्यटकीय क्षेत्र मानिएको रानीतलाउ फेरि उस्तै गतिमा जाने थालेको छ, बहुत् दुःख लागेको छ, नेपालगञ्ज सहरको आकर्षण र पुरानो गहनाको रूपमा रहेको यो तालको दुर्दशा हेर्दा लज्जित महसुस गरेको छु ।” 

सौन्दर्यकरण गर्नका लागि रानीतलाउमा धेरै पैसा लगानी गरियो । पैसा खन्याएर मात्रै हुँदोरहेनछ भन्ने देखिँदै आएको छ । रानीतलाउलाई झकिझकाउ बनाएर वार्षिक रु १८ लाखमा ठेक्का दिइएको थियो । ठेकेदारले छोड्दा चारवटा डुङ्गा कामै नलाग्ने अवस्थामा रहेका छन् । 

नेपालगञ्जको इतिहास बोकेको दुई सय वर्ष पुरानो रानीतलाउमा संक्षणको अभावमा अहिले पर्यटकको सङ्ख्या घटेको छ । रानीतलाउको जीर्णोद्धारपछि सुरुआतको वर्षमा अन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ रहने तलाउ अहिले पुनः जीर्ण बन्दै गएपछि तलाउमा पर्यटकको सङ्ख्या घटेको छ । 

फुर्सदको समयमा बालबालिका भुलाउने ठाउँका रूपमा परिचत रानीतलाउ पुनः जीर्ण बन्दै गएपछि तालाउ घुम्न आउने पर्यटकको सङ्ख्या घटेको छ । बालबालिका खेल्नका लागि तलाउमा परिसरमा राखिएको झुला, चिप्लेटीलगायतका सामग्री बिग्रिएका छन् भने संरक्षणको अभावमा फूलबारी पनि जीर्ण बनेको छ । तलाउ परिसरमा भेटिनुभएका नेपालगञ्जका नवीन रोकायले संरक्षणका अभावमा जीर्ण बन्दै गएकाले संरक्षण गर्नुपर्ने बताए ।  

राज्य पुनःसंरचनापछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तलाउलाई जीर्णोद्वार गरेका थिए । निरन्तर मर्मतसम्भार तथा संरक्षणको अभावका कारण अहिले पुनःतलाउ जीर्ण बन्दै गएको छ । सरसफाइको अभावका कारण तलाउको पानी एकदमै फोहर भएकाले सरसफाई गरी संरक्षण गर्नुपर्ने स्थानीय गिरवरप्रसाद अग्रवालको भनाइ छ ।  

विसं २०७६ असार १५ गते सौन्दर्यीकरण भएपछि रानीतलाउको उद्घाटन गरियो, त्यसपछि वडा नं ८ ले करिब चार महिना रानीतलाउ सञ्चालन ग¥यो । वडा कार्यालयका अनुुसार सो अवधिमा रु छ लाख कमाइ भयो । सुरुआतमा मान्छेको भीड नै लाग्यो । लामो समयपछि बोटिङ सञ्चालनमा आएपछि मान्छे ओइरिए । करिब चार महिनामा रु छ लाख आम्दानी भएको देखेका ठेकेदारले बढाबढ गरेर बोले ।

रु १० लाखबाट सुरु भएको ठेक्का कबोल रु १८ लाखमा गएर अडियो । त्यो बीचमा चैतदेखि कोरोना कहर सुरु भएपछि ठेकेदारले छोडेर गएपछि तलाउ बन्द गरिएको थियो । कोरोनापछि माघ ४ गतेदेखि उपमहानगरपालिका र वडाबाट एक–एक जना कर्मचारी खटिएर रानीतलाउ खोलिएको छ । बोटिङ गर्ने सुविधा नरहेकाले पर्यटकको बाक्लो उपस्थिति देखिएको नदेखिएको त्यहाँका कर्मचारी सुदेश केसीले बताए । 

शुरुआती चरणमा करिब दुई वर्षमात्रै तलाउ राम्रै सञ्चालनमा आए पनि कोरोना महामारीका कारण तलाउ बन्द भएको थियो । कोरोनापश्चात तलाउ जीर्ण बन्दै गएपछि पुरानै लयमा फर्किन सकेन । तलाउ मर्मतसम्भार गरेर पुनः पहिलेकै जस्तै बनाउने योजना रहेको नेपालगञ्जका उपप्रमुख कमरुद्दिन राईले बताए ।

रानीतालउमा सरसफाइको कमी, तालको फोहर पानी, जीर्ण बन्दै गएको र बालबालिका खेल्ने सामग्री तथा पर्यटन प्रवद्र्धनको कमीका कारण पर्यटकको सङ्ख्या घट्दै गएको देखिन्छ । सरोकारवाला निकायले थप अकर्षण र मनोरञ्जन गर्ने सामग्री जडान गरी नियामित मर्मतसम्भार गरी सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्