१८ असार २०८३, बिहीबार

यसरी बनाउनुस् स्वादिष्ट पनीर रोल

कात्तिक २०, २०७४
यसरी बनाउनुस् स्वादिष्ट पनीर रोल

काठमाडौं, ३२ साउन — पनीर त तपाईंले खानुभएकै होला । आज हामी तपाईंलाई पनीर रोल बनाउन सिकाउँदैछौं ।


सामग्री

१५० ग्राम पनीर (क्युब)
एक कप मैदा
एक सानो चम्चा जीरा
दुई कप मसिनो गरी काटिएका प्याज
दुई साना चम्चा अदुवा र लसूनको पेस्ट
दुई चम्चा रातो खुर्सानीको पेस्ट
दुई चिम्टी बेसार
डेढ चम्चा धनियाँको धूलो
दुई चम्चा काजु पेस्ट
दुई चम्चा दही
स्वादअनुसार नून
एक चम्चा गरम मसला
धनियाँ
आवश्यकताअनुसार पानी
अलिकति तेल

विधि
सबभन्दा पहिले एउटा प्यानमा दुई चम्चा तेल हालेर तातेपछि जीरा हाल्नुस् । जीरा पड्किन थालेपछि प्याज राखेर भुट्नुस् । पाँच मिनेट यसरी भुटेपछि अदुवा लसूनको पेस्ट हालेर मजाले भुट्नुस् ।

प्याज भुटिएपछि काजुको पेस्ट, दही, गरम मसला र स्वादअनुसार नून हाल्नुस् ।

मसला भुटिएपछि त्यसमा पनीर क्युब र धनियाँ हालेर मिसाउनुस् अनि पाँच मिनेसम्म पाक्न दिनुस् । पनीरमा मसला घुसाउनुस् । अब ग्यास बन्द गर्नुस् ।

अर्कातर्फ मैदामा अलिकति पानी हालेर मुछ्नुस् र १० मिनेटका लागि छोडिदिनुस् ।

पीठोको सानो सानो डल्लो बनाएर पातलो रोटी बेल्नुस् र त्यसमा अघि बनाएको पनीर मसला हाल्नुस् । त्यसमाथि मसिनो गरी काटिएको प्याज हाल्नुस् र रोटीलाई फोल्ड गर्नुस् । यसरी नै पीठोको सबै रोल बनाउनुस् ।

अब एउटा ननस्टिक प्यानमा अलिकति तेल हाल्नुस् र त्यसमा रोल राखेर मसिनो आगोमा सबैतिरबाट पकाउनुस् ।

रोल पाकेर हल्का खैरो भएपछि प्लेटमा निकालेर सानो सानो टुक्रा पार्नुस् ।

तपाईंको पनीर रोल तयार भयो । अब यसलाई सस र हरियो चटनीका साथ पस्किनुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्