०८ साउन २०८३, शुक्रबार

शिक्षामन्त्रीलाई थाहै नदिई लुम्बिनीका मुख्यमन्त्रीले गरे बोर्ड सदस्यको नियुक्ति

शिक्षामन्त्रीलाई थाहै नदिई लुम्बिनीका मुख्यमन्त्रीले गरे बोर्ड सदस्यको नियुक्ति

लुम्बिनी प्राविधिक विश्वविद्यालय बोर्ड सदस्यमा कपिलवस्तुका नारायण भुसाल नियुक्त भएका छन् । मुख्यमन्त्री कूलप्रसाद केसीले शिक्षामन्त्रीलाई जानकारी नै नदिई बाणगंगा नगरपालिका वडा नम्बर ८ का भुसाललाई सदस्यमा नियुक्त गरेका हुन् । 

विश्वविद्यालयको कूलपति मुख्यमन्त्री र उपकूलपति शिक्षामन्त्री रहने व्यवस्था छ । 

मंसिर २९ गते कुलपतिको निर्णयअनुसार भुसाललाई नियुक्त गरिएको विषय बिहीवार साँझ मात्रै सार्वजनिक भएको थियो । मंसिर २९ गतेको निर्णयपछि मन्त्रिपरिषद बैठकमा समेत कुनै जानकारी दिइएको थिएन । सोही कारण पनि पुरानो मितिमा निर्णय गरिएको शिक्षा मन्त्रालयका अधिकारीको भनाइ छ ।  प्रदेशका शिक्षामन्त्री बसिउद्दिन खानले यो विषयमा कुनै जानकारी नभएको बताए । 

विश्वविद्यालय सञ्चालनका लागि साउन १६ गते उपकुलपतिमा रुपन्देहीका विनोद ढकाल तथा २० गते रजिष्टारमा रोल्पाका रेग भण्डारीलाई नियुक्त गरी काम अगाडि बढाएको छ । बाँकेको खजुरामा केन्द्रीय कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ । यो लुम्बिनीको ४ वटा गौरवका आयोजनामध्येको एक हो । 

salt training

कमेन्ट गर्नुहोस्