२५ जेठ २०८३, सोमबार

मोदी सरकारका मन्त्री हेरफेर हुने चर्चा, बीजेपीमा नयाँ नेतृत्व आउनसक्ने

मोदी सरकारका मन्त्री हेरफेर हुने चर्चा, बीजेपीमा नयाँ नेतृत्व आउनसक्ने
फाइल फोटो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिमण्डलमा हेरफेर हुने चर्चा शुरू भएको छ ।

आगामी १४ जनवरीपछि मन्त्रिमण्डलमा हेरफेर हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बजेटसत्र हुनुअघि नै हेरफेर र विस्तार हुने चर्चा छ ।

यसैगरी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्व समेत बदलिने सम्भावना छ । अध्यक्ष जेपी नड्डाको कार्यकाल २० जनवरीमा सकिँदैछ । पार्टीले राष्ट्रिय कार्यकारिणी समितिको बैठक जनवरीमा आयोजना गरेको छ ।

आगामी वर्ष भारतका ९ प्रदेशमा विधानसभा चुनाव र सन् २०२४ मा लोकसभा चुनाव हुँदैछ । भाजपा आगामी चुनावको तयारीमा समेत जुटेको छ । चुनावलाई ध्यानमा राखेर भाजपाले सरकार र संगठनमा फेरबदल गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्