१२ असार २०८३, शुक्रबार
राजनीति

यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने प्रतिज्ञा गरेको छु– प्रचण्ड

यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने प्रतिज्ञा गरेको छु– प्रचण्ड
फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो कार्यकालमा भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको बताएका छन् । प्रत्येक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने उनले बताए । 

प्रधानमन्त्री बनेपछि पहिलो पटक चितवन पुगेका प्रचण्डले शनिवार नारायणी उच्च माविको हीरक महोत्सव समारोहमा यसपटक काम गरेर जनताको मन जित्ने बताएका हुन् । 

‘हामी विशिष्ट परिस्थितिबाट अगाडि बढ्दैछौँ । यो पटक हरेक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने निर्णय लिएको छु । नेपाल र नेपाली जनताको आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता लिएको छु’, प्रचण्डले भने, ‘चितवनबासीलाई भन्दै आएको थिए–बाँकी जीवन सुशासन र विकासका लागि काम गर्छु भनेर । यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको छु ।’ 

आफू प्रधानमन्त्री बनेपछि पहिलो बैठकबाट देशको अर्थतन्त्रलाई गतिशील बनाउने निर्णय लिएको उल्लेख गर्दै प्रचण्डले जनताको पीर मर्कालाई केन्द्रमा राखेर काम गर्ने बताए । ‘भ्रष्टाचार र बेथिति नियन्त्रण गर्ने अहिलेको आवश्यकता छ । जनताले पाएको सास्तीलाई अन्त्य गर्ने निर्णय गरेका छौँ’, उनले भने, ‘सुशासन र समृद्धिको एजेण्डालाई सुत्रपात गर्न सबैलाई एकजुट हुन आग्रह गर्न चाहन्छु ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्