१० असार २०८३, बुधबार

झाडापखाला फैलिएपछि विद्यालय दुई दिन बिदा

कात्तिक २०, २०७४
झाडापखाला फैलिएपछि विद्यालय दुई दिन बिदा


सोलुखुम्बु, ३२ साउन - दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिइएको छ ।solu

एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६ वर्षीय राकेश पुरीको ज्यान जानुको साथै गाउँमा रहेका २५ घरका सबैमा रोग देखा परेपछि सो क्षेत्रमा रहेको विद्यालयमा बिदा दिइएको शिक्षक भेषनाथ बनले जानकारी दिए ।

ज्वरो आउने, टाउको दुख्ने र झाडापखाला लाग्ने समस्या बढ्दै महामारीको रुप लिन थालेपछि जिल्ला अस्पताल फाप्लुबाट खटिएको डा राजेन्द्र बस्नेत नेतृत्वको टोलीले हिजो साँझ त्यहाँ पुगेर उपचार शुरु गरेको छ ।

डाक्टर बस्नेतका अनुसार खानेपानीका कारण समस्या बढेको पाइएको छ । सबैमा एकैप्रकारको समस्या देखिएको र औषधिले काम गर्न थालेकाले केही दिनमा रोग नियन्त्रणमा आउने समेत डाक्टर बस्नेतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्