
काठमाडौं- रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथिको पाँच खेल प्रतिवन्ध विरुद्धको अपिल खारेज भएको छ ।
रियल मड्रिडले ला लिगाको अपिल कमिटीमा पाँच खेलमाथिको प्रतिवन्ध हटाउन अपिल गरेको थियो तर कमिटिले उसको अपिललाई खारेज गरेको छ । यससँगै रोनाल्डोले पाँच खेल गुमाउने छन् ।
उनी आज बार्सिलोना विरुद्ध हुने सुपर कपको दास्रो लेगमा अनुपस्थित हुनेछन् ।
पहिलो लेगमा रियलले बार्सालाइ ३-१ गोलले पराजित गरेको थियो । उक्त खेलमा रोनाल्डोले रेफ्रिलाई धकेलेका थिए । जसका कारण उनीमाथि पाँच खेलको प्रतिवन्ध भयो ।
अाजको खेल रियलको घरेलु मैदान सेन्टियागो बर्नावाउमा हुने छ । पहिलो लेगमा ३ गोल हानेको रियलले अाज केही सहज अवस्थामा छ । उसले अाज बराबरी खेलमा पनि उ जितको हकदार हुनेछ । खेल नेपाली समय अनुसार अाज राति पाैने तीनमा हुने छ ।
आइतबार रातिको पहिलो लेगको खेलमा रातो कार्ड पाएपछि रोनाल्डोले रेफ्रिलाई धकेलेका थिए ।