०९ असार २०८३, मंगलबार

न रहे बाआमा, न रह्यो घर

कात्तिक २०, २०७४
न रहे बाआमा, न रह्यो घर
इटहरी,१ भदौ - एघार वर्षे निशान राई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र वर्षीया कमला एकोहोरो टोलाइरहन्छिन् । भाइ निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले इटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरू बेसहारा छन् ।file_1

एक्कासि राति गाउँमा बाढी पसेपछि अरू बगे, निशान र कमला घर नजिकको रूख समातेर बच्न सफल भए । घर, बाआमा र भाइलाई बूढीखोलाबाट आएको बाढीले बगाएपछि उनीहरूको न बस्ने घर रह्यो, न अभिभावक नै । हाल उनीहरू सानीआमा सीतासन्ध्या राईको घर इटहरीमा छन् , कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्