१८ असार २०८३, बिहीबार

बिहारमा पनि बाढीको वितण्डा : ९१ जनाको मृत्यु, ९६ लाख मानिस प्रभावित

कात्तिक २०, २०७४
बिहारमा पनि बाढीको वितण्डा : ९१ जनाको मृत्यु, ९६ लाख मानिस प्रभावित
१ भदौ- भारतको पूर्वी राज्य बिहारमा बाढीका कारण कम्तीमा ९१ जनाको मृत्यु भएको छ । पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोका कारण उनीहरूको मृत्यु भएको हो । बाढीबाट करिब ९६ लाख मानिस प्रभावित भएका छन्, नयाँ पत्रिकामा खबर छ ।bihar


बिहारका १२ जिल्लामा बाढीले अत्यधिक प्रभाव पारेको छ । बाढीले बिहारको राजधानी नगर पटनामा ठूलो क्षति पुर्याएको छ । पटना र आसपासका अन्य क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ । बाढीले सर्वसाधारणको जनजीवन कष्टकर हुनुका साथै करोडौँ मूल्यबराबरको क्षति भएको छ ।

बाढी–पहिरोपछि हजारौँ मानिस विस्थापित भएका छन् । विस्थापितलाई सरकारले विभिन्न शिविरमा राखेको छ । बाढीमा हराएका मानिसहरूको खोजीलाई तीव्र पारिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्