११ असार २०८३, बिहीबार

बाढी-पहिरो पीडितलाई राहतदिन को–को अघि सरे ?

कात्तिक २०, २०७४
बाढी-पहिरो पीडितलाई राहतदिन को–को अघि सरे ?
कांग्रेसले दुई सय सात सांसदको एक महिनाको पारिश्रमिक बाढीपहिरोपीडितलाई दिने घोषणा गरेको छ । कार्यसम्पादन समिति बैठकले गरेको निर्णयअनुसार सांसदको पारिश्रमिक एक करोड १५ लाख बाढीपहिरोपीडितलाई उपलब्ध गराउने गरी छुट्याउन संसदीय दलको कार्यालयलाई पत्र काटिसकेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए, नयाँ पत्रिकामा खबर छ ।
यस्तै एमालेले बाढीपहिरोपीडित परिवारका लागि पार्टीका सांसदबाट एकमुष्ट ८२ लाख रुपैयाँ राहत संकलन गर्ने भएको छ ।DSC_7254
माओवादी केन्द्रका सबै सांसदले एक महिनाबराबरको तलब बाढीपीडितलाई दिने भएका छन् । माओवादी संसदीय दलको बैठकले सांसदको एक महिनाबराबरको तलब दिने निर्णय गरेको प्रमुख सचेतक रेखा शर्माले बताइन् ।
राजपाले २४ सांसदको एक महिनाको तलब बाढी र डुबानपीडितलाई राहतस्वरूप वितरण गर्ने निर्णय गरेको छ । सांसदको तलबबाट संकलित रकम आफ्नै कोषबाट खर्च गर्ने तयारी राजपाको छ । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा नगर्ने महामन्त्री केशव झाले बताए ।
संघीय समाजवादी फोरमले पनि १५ सांसदको एक महिनाको तलब पीडितलाई राहतस्वरूप वितरण गर्ने भएको छ ।
यता सत्तारुढ दल लोकतान्त्रिक फोरमले अहिलेसम्म कति सहयोग गर्ने भन्ने औपचारिक निर्णय गरिसकेको छैन । लोकतान्त्रिक फोरमका १७ सांसद छन् ।

कमल थापाको नेतृत्वमा रहेको राप्रपा र राप्रपा प्रजातान्त्रिकका नाममा दर्ता हुन निर्वाचन आयोग पुगेको पशुपतिशमशेर राणा नेतृत्वका सांसदले बाढीपहिरोपीडितलाई दिने सहयोगबारे अहिलेसम्म निर्णय गरेका छैनन् । दुवै दलका गरी संसद्मा ३६ सांसद छन् ।प्रधानमन्त्रीसहित २७ मन्त्रीले एक महिनाको तलबबापत १६ लाख ७५ हजार १ सय ९० रुपैयाँ बाढी प्रभावितलाई दिने निर्णय गरिसकेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का तर्फबाट डेढ करोड संकलन भइसकेको छ । उद्योग परिसंघले बाढीपहिरोपीडितका लागि ५० लाख रुपैयाँबराबरको सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्