कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
विकास र सुशासन राजनीतिक जिम्मेवारी, उत्तरदायित्व र कर्तव्यका विषय हुन् । विकासको चाहनाको परिपूर्ति र सुशासनको अभ्यास राजनीतिक दृष्टिकोण र तहबाट नै सम्पादन हुने गर्दछन् ।
राज्यका सबै क्रियाकलापहरूको व्यवस्थापनका लागि राजनीतिक, आर्थिक एवं प्रशासनिक अधिकारको अभ्यास गर्नु ‘गभर्नेन्स’ हो । विकास र जनकल्याणका लागि आर्थिक, सामाजिक, सांस्कृतिक स्रोतसाधनको व्यवस्थापन गर्न शक्ति प्रयोगको अभ्यास गर्नु ‘गभर्नेन्स’ हो ।
‘गभर्नेन्स’को अभ्यास मूलतः राजनीतिक हुन्छ । देशको संविधान, कानून र परम्पराबाट निर्देशित हुन्छ । प्रसिद्ध अर्थशास्त्री कौटिल्यले न्याय, नैतिकता र प्रजातान्त्रिक व्यवहारलाई गभर्नेन्सको चरित्रको रूपमा विश्लेषण गरेका थिए । ‘प्रजा बलिया भए दरबार बलियो हुन्छ’ भन्दै पृथ्वीनारायण शाहले प्रजाको हितलाई गभर्नेन्सको मूलभूतः उद्देश्यको रूपमा स्पष्ट गरेका थिए ।
आधुनिक युगमा राज्यको शासन प्रणालीमा अभूतपूर्व परिवर्तन आएको छ । राज्यले सार्वजनिक नीति–निर्माणको एकाधिकार गुमाउँदै गएको छ । नीति निर्माण एकभन्दा धेरै भन्यू (ठाउँ) (कार्यपालिकाको एकाधिकारको ठाउँमा अदालत वा संसद) मा निर्माण गर्ने ‘भेन्यू शपिङ’ एक रणनीतिको रूपमा स्थापित भएको छ ।
निजी र सरकोकारवाला संगठन र हित समूहहरू शासन प्रणालीमा सक्रिय हुँदै गएका छन् । सार्वजनिक संगठनहरूको पदसोपानको महत्त्व घट्दै गएको छ । सरकारी र निजी संगठन अलग–अलग हुन्, तिनको मिलाप आवश्यक र सम्भव छैन भन्ने मान्यता धुमिल भएको छ । सेवा प्रवाहमा सरकार एक मात्र कर्ता हो भन्ने ठाउँ बहुकर्ताको सहभागिताले लिँदै गएको छ । सार्वजनिक निजी क्षेत्रबीच अन्तरनिर्भरता अन्तरसम्बन्ध बढ्दै गएको छ ।
सूचना प्रविधिको विकासले जनता र सेवाप्रवाहको क्षेत्र सीमा बाहिरसम्म फैलिएको छ । कम्प्युटर नेटवर्क प्रणालीले सरकार, नागरिक, समुदाय, निजी क्षेत्र र नागरिक समाज सबैलाई आपसमा जोडेको छ । विश्वव्यापीकरणले अन्तरमुखी प्रवृत्तिलाई बर्हिमुखी प्रवृत्तिमा रूपान्तरण गरेको छ ।
सरकारको काम जनतालाई निष्क्रिय सेवाग्राही मान्ने र निर्देशन दिनेभन्दा जनतालाई सक्रिय सेवाग्राही बनाउने, सार्वजनिक सेवाप्रवाह गर्ने, सशक्तीकरण गर्ने र निर्णय प्रक्रियामा सहभागी गराउनेतर्फ रूपान्तरण भएको छ ।
सुशासन सुनिर्णयको प्रक्रिया, परिणाम र प्रभाव हो । सरकार र राजनीतिक, सामाजिक निकायहरूले आजको जटिल र परिवर्तनशील समाजमा कसरी आपसमा अन्तर्क्रिया गर्छन्, कसरी निर्णय लिन्छन् र कसरी जनताका लागि सेवाप्रवाह गर्छन्, त्यो सुशासन हो । सार्वजनिक संस्थाहरूले अधिकार प्रयोग, सार्वजनिक स्रोतसाधनको उपयोग, जनताप्रतिको व्यवहार मापन गर्ने विधि हो सुशासन । उत्तरदायित्व, सहभागिता, पारदर्शिता, विधिको शासन, नीतिको स्थायित्व, नैतिकता, सूचनामा पहुँच, समावेशीकरण, सेवाप्रवाहमा प्रभावकारिता र सक्षमता तथा नागरिकको सन्तुष्टि सुशासनका तत्वहरू हुन् । राज्य अधिकार र स्रोतसाधनको इमान्दार प्रयोग र प्रयोगप्रतिको उत्तरदायित्व सुशासनको महत्त्वपूर्ण पक्ष हो ।
विकासका लागि जनसहभागिता प्रजातान्त्रिक शासन प्रणालीमा मात्र सम्भव हुन्छ । सुशासन कायम गर्नका लागि राज्यका अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच राम्रो सुझबुझ, सम्बन्ध र अन्तर्क्रिया हुनुपर्छ । शासन प्रणालीकोे प्रभावकारिता खासगरी सरकार र बजार, सरकार र मिडिया, सरकार र गैरसरकारी संस्था तथा सरकार र निजी क्षेत्रबीचको सुमधुर सम्बन्धमा निर्भर गर्दछ । सुशासनको अभ्यासले गुणस्तरीय नीति निर्माण हुने र कार्यान्वयनमा शीघ्रता हुने कारण जनताका आवश्यकता र मागहरू परिपूर्ति हुन्छ ।
मानव जीवनमा हुने सकारात्मक परिवर्तन विकास हो । विकासलाई आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा विश्लेषण गर्ने गरिन्छ । नागरिकका लागि अवसरमा समान पहुँच, सामाजिक न्याय र प्राकृतिक वातावरणको संरक्षणलाई विकासले समेटेको हुन्छ । पुँजी निर्माण र आर्थिक वृद्धिलाई मात्र होइन, खाद्यान्न र रोजगारको समान उपलब्धता र आय असमानताको सख्त न्युनीकरणमा पनि जोड दिन्छ । कूल गार्हस्थ्य उत्पादनमा वृद्धि, प्रतिव्यक्ति आय वृद्धि, धनको समान वितरण लगायत भौगोलिक सन्तुलन हुने गरी पूर्वाधार विकास र शिक्षा, स्वास्थ्य, खानेपानी, आवास जस्ता सेवा विस्तार र जनस्तरको सुधारलाई पनि समेट्छ ।
राजनीतिक रूपमा विकासलाई स्वतन्त्रतासँग विश्लेषण गरिन्छ । निर्वाचनमा नेताको छनोटदेखि आवश्यकता र रुचि अनुरूप वस्तुसेवाको छनोट गर्ने स्वतन्त्रतालाई यसले समेट्छ । स्वतन्त्रता उपभोग गर्न व्यक्ति सक्षम हुनुपर्ने भएका कारण देशमा मानव संसाधनको विकास अनिवार्य मानिन्छ । सामाजिक विकासले सामाजिक न्यायको प्रबर्द्धन र वर्गीय, क्षेत्रीय, लैगिंक तथा जातीय असमानता र सामाजिक भेदभावको अन्त्यलाई समेटेको हुन्छ । सांस्कृतिक विकास मूलतः मानिसको आस्थासँग जोडिन्छ । सांस्कृतिक विकासलाई अलग्याएर गरिएको विकास दीगो र खुशीप्रद हुँदैन ।
विकासको बृहत् अर्थमा समष्टिगत आर्थिक सूचकहरू कूल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आयसहित सामाजिक जीवनस्तर, शिक्षा स्वास्थ्य आवास सुविधा, अपेक्षित आयु, पूर्वाधार विकास, गरीबी न्यूनीकरण र खुशी मन सबै विकासका सूचकमा समावेश हुने गरेका छन् । विकासको उपलब्धि भौतिकका साथै जनताको खुशीमा पनि मापन गर्ने वर्तमान व्यवस्थाले विकासको अर्थ फराकिलो र मानव केन्द्रित बन्न पुगेको छ ।
आर्थिक विकासको क्रमिक रूपान्तरण हुँदै गएको छ । लेसेज फेयर प्रणालीले ल्याएको आर्थिक अस्थिरतालाई सच्याउनका लागि सरकारको सक्रियता र लगानीले विकास अर्थतन्त्रको आरम्भ भयो । बजार आर्थिक प्रणालीको स्थानमा सरकारको संलग्नता बढ्यो । सरकारको संलग्नताले सियोदेखि हवाइजहाज बनाउनेसम्मको कार्य सबै सरकारमाथि निर्भर भए । आर्थिक विकासलाई व्यवस्थित गर्न कप्रिहेन्सिभ र ईन्डिकेटिम योजनाको अभ्यास शुरू भयो । परियोजनामा आधारित लगानीको नेतृत्वमा विकास गर्ने अवधारणा प्रारम्भ भयो । निजी क्षेत्र उपेक्षित हुन पुग्यो र उत्पादनका साधनहरूको महत्तम उपयोग हुन सकेन ।
विकासको ‘ट्रिकल डाउन ईफेक्ट’ जनस्तरसम्म फैलिन समय लाग्यो । सार्वजनिक परियोजना ईलाईट वर्गमुखी भए । सरकारले मात्र सार्वजनिक विकास कार्य र सेवा प्रवाह गर्न खोज्दा कर्मचारीतन्त्रमा अनेकौं विकृतिहरू देखा परे । गभर्नेन्समा उदासिपन, थकान र अनुत्तरदायीपन देखापर्यो । विकासले जनताको आवश्यकता र चाहनालाई स्पर्स गर्न नसकेको अनुभूति सर्वत्र भयो । सरकारको आलोचना बढ्यो । सरकारले बिस्तारै विकास कार्यबाट आफ्नो संलग्नतालाई घटाउँदै, हटाउँदै गयो र बजार संयन्त्रमा निजी क्षेत्रलाई सहभागी गराउने नीति अवलम्बन गर्न थाल्यो ।
विकास नीति, योजना, परियोजना मात्र नभएर राजनीतिक विषय पनि हो । अर्थशास्त्रीहरूले विकास र राजनीतिलाई अलग–अलग राख्ने चेष्टा गरे तर विकास र राजनीति अलग रहन सक्दैनन् । विकासको नेतृत्व राजनीतिक विषय हो । विकास मानव कल्याणका लागि हुनुपर्छ भन्ने माग उठ्यो । उदारवादी र नियोजित विकास मोडेलका प्रणेताहरू जनकल्याणलाई अँगाल्न पुगे । ‘टप डाउन’ विकासको ठाउँ ‘वटम अप’ मोडलले लियो । सरकारका केन्द्रीकृत क्रियाकलापहरूलाई जनताको घरदैलोसम्म पुर्याउन विकेन्द्रीकरणको अभ्यास हुन थाल्यो र विकेन्द्रीकरण विकासको मियो बन्न पुग्यो । जनता आफ्नो विकास आफैं गर्न अग्रसर भए । विकास जनताका लागि हो भन्ने अवधारणाको उजागरले जनतालाई उत्प्रेरित गर्यो । विकास मानव केन्द्रीत हुनुपर्छ भन्ने मान्यताको विकासले विकासलाई जनताको नगिच पुग्न सम्भव बनायो ।
दीगो विकास विकासको नवीन आयाम हो । यसले प्राकृतिक स्रोतको महत्तम उपयोग र संरक्षण, सन्तुलित विकास र विकासको प्रतिफलको समान वितरणमा जोड दिन्छ । दीगो विकासमा आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, प्रविधि जस्ता सबै आयामहरू समेटिन्छ । वन, जल, वायु, ध्वनि, प्राकृतिक सुन्दरता जस्ता बहुक्षेत्रको संरक्षण हुन्छ । सरकारी, निजी तथा समुदायको बहुपक्षीय सहभागिता र स्थानीय, प्रदेशीय, राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहको एकीकृत प्रयास पनि हुन्छ । दीगो विकासको लक्ष्य हासिल गर्नका लागि योजना कार्यक्रमको निर्माण, योजना कार्यक्रम कार्यान्वयनको जिम्मा सरकार, निजी क्षेत्र, सहकारी वा समुदायको शेयरर्ड जिम्मेवारीमा रहन्छ ।
ऋगवेदमा ‘आत्मनो मोक्षर्थम् जगत हिताय’ अर्थात् जनताको कल्याणपछि मात्र आफ्नो स्वार्थको विषय आउँछ भन्दै विकासले जनताको मन जित्नुपर्छ भनिएको छ । विकासको उपलब्धिले प्राकतिक एवं सांस्कृतिक वातावरणको संरक्षण र जनताको स्वतन्त्रता हकलाई प्रबर्द्धन गर्नुपर्छ । माइकल टुडारोले भनेका छन्, ‘विकासले जनतालाई आफ्नो आवश्यकता पूरा गर्न वस्तु र सेवाको छनोट गर्न सक्ने गरी सक्षम पनि बनाउनुपर्छ ।’ अमत्र्य सेनले विकासका लागि जनतालाई राजनीतिक अधिकार उपयोग गर्न अवसर दिनु र सक्षम बनाउनुपर्छ भन्ने वकालत गरे । विकास एकाङ्गी हुन सक्दैन । विकासको अर्थ व्यापक बहुआयामिक बन्दै गएको छ । सुशासन, कूल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, जीवनस्तरको साथसाथै जनताको खुशीको स्तरमा नाप्न थालिएकाले ‘खुशीपूर्ण विकास नै खास विकास हो’ भन्ने मान्यता विकास भएको छ ।
राजनीतिक क्षेत्रमा एकथरिको विश्वास अधिनायकवादी नेतृत्वमा विकासले फड्को मार्छ भन्ने छ । दक्षिण एसियाको विकासलाई उदाहरणको रूपमा लिँदै विद्वानहरूले विकासका लागि प्रजातान्त्रिकभन्दा अधिनायकवादी नेतृत्व आवश्यक हुन्छ भन्ने वकालत गर्दै गरेको पाइन्छ । अधिनायकवादी नेतृत्वले राजनीतिक स्वतन्त्रता, जनमत र सुशासनलाई महत्त्व दिएको हुँदैन । निर्णयहरू बन्द प्रणालीमा हुन्छन् । यद्यपि नेपालको विकास इतिहास प्रक्रिया र परिणामको विश्लेषण गर्ने केही विद्वानहरूले नेपालमा विकास र प्रजातन्त्र सँगसँगै हिड्न सकेको छैन भन्दै कानेखुशी गर्ने गरेका उदाहरणहरू बग्रेल्ती देखिन्छ । दक्षिण एसिया र चीनको उदाहरणले ‘विकास पहिला र पछि प्रजातन्त्र’ भन्ने भनाइलाई पुष्टि गरेको छ ।
प्रजातन्त्र केवल गरीबीमा मौलाउँछ । गरीबीकै अवस्थामा प्रजातन्त्रलाई अँगाल्दा विकास र गरीबी निवारण जोखिममा पर्छ । गभर्नेन्सका खराब चरित्र र प्रवृत्तिहरू देखापर्ने गर्दछन् भन्ने अभिमत देखिन्छ तर अधिनायकवादी नेतृत्वमा गरिएको विकासले सुशासनका गुणहरूलाई भने समेटेको हुँदैन ।
जनताका मौलिक हक अधिकारको उपयोग केवल प्रजातान्त्रिक शासन प्रणालीमा मात्र सम्भव छ । जनताका लागि जनताको सहभागितामा जनताले गरेको विकास प्रजातान्त्रिक विकास हो । जनताले सार्वभौम अधिकार प्रयोग गरी निर्माण गरेको सरकार जनताको हितभन्दा बाहिर गएर काम गर्न सक्दैन । जनताले विकासको माग गर्ने र सरकार जनताका माग पूरा गर्न समर्पित हुने उत्तरदायी प्रणाली प्रजातन्त्रमा मात्र हुन्छ । शासन प्रणाली र सार्वजनिक सेवा प्रवाहमा उत्तरदायित्व, पारदर्शिता, सहभागिता, नीतिगत स्थायित्व तथा विधिको शासनको खोजी गर्न जनता सक्षम हुनु प्रजातान्त्रिक शासन प्रणालीको विशेषता हो ।
उदारवादमा सरकारले निजी क्षेत्रलाई काम गर्ने स्पष्ट खाका दिएको हुन्छ । प्रजातन्त्रमा सारा गभर्नेन्स प्रणाली विधिमा चल्छ । विकासको प्रजातान्त्रिकरणले जनतालाई केन्द्रमा राख्दछ । सरकार, निजी क्षेत्र तथा नागरिक समाज विकासका लागि हातेमालो गर्दछन् । जनतामा विकास प्रक्रिया र प्राप्त परिणाममा सहभागी बन्न सहभागी हुन्छन् । सम्पूर्ण विकास प्रक्रिया र उपलब्धिको आलोचना गर्न नागरिक स्वतन्त्र पनि हुन्छन् ।
सहभागितामूलक प्रजातन्त्र र विकास दीगो हुन्छ । यद्यपि अधिकारको अधिक खोजी र अभ्यासले सरकारले विकासको क्षेत्रमा द्रूतगामी पाइला चाल्न नसकेको अनुभूति भने टड्कारै गरिएको छ ।
शासन प्रणालीमा गभर्नेन्स आफैं कारक, आफैं परिणाम हो । गभर्नेन्सको अभ्यास र अभ्यासबाट प्राप्त परिणामले गभर्नेन्सको अवस्थालाई प्रकट गर्दछ । सुशासन निश्चितताको द्योतक हो । सुशासनले मात्र मुलुकलाई विकास, शान्ति र समृद्धितर्फ डोर्याउँछ । प्रतिनिधिसभा निर्वाचनपछि जनताले विकास र सुशासनको प्रत्याभूति दिन सक्ने सक्षम राजनीतिक नेतृत्वले खोजेको देखिन्छ । यसकारण सरकारले इमान्दारिकता साथ विकासका लागि नीतिगत तथा कानूनी रूपमा राज्य सञ्चालन गर्न, निजी तथा कर्पोरेट क्षेत्रले पनि जनताको हित हुने गरी लगानीको अवसर उपयोग गर्न तथा नागरिक समाजले शासन प्रक्रियामा जनताको रचनात्मक सहभागितालाई परिचालन गर्न सकेको खण्डमा सुशासन, विकास र समृद्धि सहज रूपमा प्राप्त गर्न सकिन्छ ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...