२३ जेठ २०८३, शनिबार

क्याम्पस परिसरभित्रै खुकुरी प्रहार गर्ने तीन विद्यार्थीलाई आरआरले गर्‍यो निस्कासन

क्याम्पस परिसरभित्रै खुकुरी प्रहार गर्ने तीन विद्यार्थीलाई आरआरले गर्‍यो निस्कासन

रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा भएको खुकुरी प्रहारको घटनामा संलग्न तीन विद्यार्थी निस्कासनमा परेका छन् । क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरी क्याम्पसको शैक्षिक वातावरणमा खलल पु¥याएको भन्दै क्याम्पस प्रशासनले उनीहरूलाई निस्कासन गर्ने निर्णय गरेको हो । 

निस्कासनमा पर्नेमा विद्यार्थीहरू कृष्ण गिरी, सविन निरौला र जलप तामाङ रहेका छन् । क्याम्पस व्यवस्थापन समितिले तीन विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । क्याम्पस प्रशासनले घटनामा संलग्न अन्य दोषीहरूविरुद्ध कानूनी कारबाही अगाडि बढाउन प्रहरी प्रशासनसमक्ष माग पनि गरेको छ । 

गत पुस १३ गते बिहानी कक्षा सञ्चालन भइरहेका बेला आरआर क्याम्पस परिसरभित्र उनीहरूले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट उक्त क्याम्पसका अनेरास्ववियुका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का,  पवन खड्का र हर्क बोहरा घाइते भएका थिए ।


 

salt training

कमेन्ट गर्नुहोस्