२६ जेठ २०८३, मंगलबार

लयमा फर्किँदै समीक्षाको सांगीतिक करियर

लयमा फर्किँदै समीक्षाको सांगीतिक करियर

गायिका समीक्षा अधिकारीले साङ्गीतिक क्षेत्रमा पुनः सक्रियता बढाएकी छिन् । उनको साङ्गीतिक करियर विस्तारैै लयमा फर्किँदै गएको छ  ।

हिजोआज उनी दिनहुँजसो नयाँ–नयाँ गीत रेकर्डिङमा व्यस्त हुने गरेकी छिन् भने उनले स्वर दिएका गीतहरू युट्युवमा सार्वजनिक समेत भइरहेका छन् ।

पछिल्ला केही दिनमा मात्रै उनको स्वरमा चार वटा गीत सार्वजनिक  भएका छन् ।

वरिष्ठ गीतकार राजेन्द्र थापाको शब्दमा समीक्षाले स्वर दिएको ‘यस्तो नहोस् कसैलाई’ ११ दिनअघि सार्वजनिक गरिएको थियो ।

त्यसयता उनले स्वर दिएका ‘भो कुरै नगर’, ‘दर्पण छायाँमा’, ‘निभेको चुलो’ ईत्यादी गीत युट्युबमा सार्वजनिक भइसकेका छन् । ‘निभेको चुलो’ बोलको गीत सोमबारमात्रै युट्युबमा सार्वजनिक गरिएको हो । समीक्षा सामाजिक सञ्जालमा समेत सक्रिय देखिएकी छिन् ।

उनी पछिल्ला दिनमा जिम समेत जाने गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्