२४ जेठ २०८३, आइतबार

सवारी दुर्घटनामा एकको मृत्यु, ४१ घाइते

सवारी दुर्घटनामा एकको मृत्यु, ४१ घाइते

दोलखा, बैतेश्वर गाउँपालिका–१ जलेश्वरस्थित सडकमा बा. ३ ख ८८०७ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने ३५ वर्षीय बिक्रम तामाङको ज्यान गएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी उनको ज्यान गएको हो ।

तामाकोशी खोलाबाट गिटी बोकी जाँदैगरेको उक्त टिपरले ठक्कर दिँदा तामाङको घटनास्थलमै मृत्यु भएको थियो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।  

त्यस्तै, पोखरा महानगरपालिका –१८ अलैची खपौदीस्थित सडकमा जीएए ०००४ नम्बरको स्कुल बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा बस चालकसहित ४१ जना घाइते भएका छन् । 

घाइते भएकाहरूलाई उपचारका लागि मेट्रोसिटी अस्पतालमा र गण्डकी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्