०६ साउन २०८३, बुधबार

अल्लारे सोझो म्ही म्युजिक भिडियो सार्वजनिक

अल्लारे सोझो म्ही म्युजिक भिडियो सार्वजनिक

तामाङ मेगास्टार कुमार मोक्तान अभिनित ुअल्लारे सोझो म्हीु बजारमा आएको छ । ओएसआर डिजिटलबाट शुक्रवार सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मोक्तान वर्तमान तामाङ चलचित्र संघका अध्यक्ष समेत हुन् ।

प्रतिक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका छन् । गायक प्रकाश लामा र गायिका बिना घलेको आवाज रहेको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका छन् ।

अजय स्याङ्तानको निर्देशनमा बनेको उक्त भिडियोलाई नरेन मोक्तानले कोरियोग्राफी, बिक्रम मोक्तानले छायांकन, राजेन्द्र मोक्तानले कलर गरेका हुन् । भिडियोमा तामाङ मेगास्टार कुमार र रोहनी लामाको आवाज रहेको छ ।

कमेन्ट गर्नुहोस्