१० असार २०८३, बुधबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

पुस २२ गतेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ ।

प्रतिनिधिसभा अधिवेशन पुस २४ गतेबाट प्रारम्भ हुने भन्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गते बस्ने गरी सारेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसअघि पुस २३ गते संसदीय दलको बैठक बस्नेछ ।

‘प्रतिनिधि सभाको अधिवेशन पुस २५ गते प्रारम्भ हुने मिति दृष्टिगत गर्दै नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पुसमा संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न १ः०० बजे बस्नेछ,’ पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २२ पुसका लागि निर्धारित बैठकको मिति परिवर्तन गरेर पुस २८ गते अपराह्न १ः०० बजे बस्ने निश्चित गरिएको छ ।’

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी समीक्षा, ५ दलीय गठबन्धनको विघटन सहितका समसामयिक विषयमा छलफल गर्ने तयारी थियो तर नयाँ चुनावपछिको प्रतिनिधिस भाको बैठक बस्नुपर्ने भन्दै बैठक स्थगित भएको हो । 

चुनावी समीक्षाको बैठकमा संस्थापनइतर पक्षले ठूलो पार्टीका रूपमा सरकारको नेतृत्व गर्ने अवसर कांग्रेसले गुमाएकोप्रति तीव्र आलोचना गर्ने तयारी गरेको छ । पार्टीका संरचनालाई पूर्णता दिनुपर्ने, नीति महाधिवेशन गर्नुपर्ने सहितका माग उनीहरूले राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्