०६ असार २०८३, शनिबार

कांग्रेस केन्द्रीय परिचालन समिति बैठकमा विभिन्न प्रतिवेदन पेश

कांग्रेस केन्द्रीय परिचालन समिति बैठकमा विभिन्न प्रतिवेदन पेश

नेपाली कांग्रेस केन्द्रीय परिचालन समितिको बैठकमा विभिन्न उपसमितिका संयोजकले आ–आफ्नो उपसमितिको प्रतिवेदन पेश गरेका छन् ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तयारीका लागि कांग्रेसले नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो ।

केन्द्रीय परिचालन समितिका संयोजक श्रेष्ठको संयोजकत्वमा बुधवार बसेको बैठकमा विभिन्न उपसमितिका संयोजकले आ–आफ्नो समितिको प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनहरुलाई आगामी बस्ने केन्द्रीय कार्यसमितिमा समितिका प्रस्तुत गरिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
 
बैठकमा केन्द्रीय सदस्य जीपछिरिङ्ग लामा, आनन्दप्रसाद ढुङ्गाना, मीन विश्वकर्मा, गोविन्द भट्टराई, सरिता प्रसाईं, रमा कोइराला पौडेल, चन्द्रबहादुर केसी, मञ्जु खाँण, हरिशरण नेपाली, जानकी सिंह, कान्तिका सैंजुवाल, पूर्वकेन्द्रीय सदस्य किरण गिरी र अनुगमन तथा सुपरिवेक्षण उपसमितिका सहसंयोजक डा. कृष्णप्रसाद पौडेलले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

कमेन्ट गर्नुहोस्