१० असार २०८३, बुधबार

बाढी प्रभावितका लागि एनसेलको राहत

कात्तिक २०, २०७४
बाढी प्रभावितका लागि एनसेलको राहत
काठमाडौं, ०१ भदौ – निजी मोबाइल दुर सञ्चार सेवा कम्पनी एनसेलले प्रदान गरेको निःशुल्क एसएमएस सेवामार्फत ग्राहकले १ करोड ६६ लाख बढी एसएमएस आदानप्रदान गरेका छन् । एनसेलले बाढीपहिरो प्रभावित क्षेत्रमा आफ्ना ग्राहकको संचार सुनिश्चित गर्न तथा विपतको बेलामा आफन्तसँग सम्पर्कमा रहन गत आईतबारदेखि मंगलबारसम्म ३ दिन सो सेवा प्रदान गरेको थियो ।


कम्पनीले तीनदिनसम्म प्रतिदिनप्रति ग्राहक ५० वटा निःशुल्क एसएमएस उपलब्ध गराएको जनाएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन अनुसार एनसेलले  बाढीपहिरो प्रभावित  २३ जिल्लाका ग्राहकलाई निःशुल्क एसएमएस सेवाप्रदान गरेको हो । यस बाहेक भ्वाइस तथा डेटा सेवालाई सहज बनाउन एनसेलले ब्यालेन्स ट्रान्सफर सेवा पनि निःशुल्क बनाएको थियो । साथै एनसेल सापटी सेवा अन्तर्गत प्राप्त हुने सापटी रकमलाई वृद्धि गरी विद्यमान सेवाशुल्कमै रु ६० सापटी  प्रदान गरिएको थियो ।

यसैगरी प्रभावित क्षेत्रमा पानीको सतह घट्दै गर्दा कम्पनीले थप टावरहरु संचालनमा ल्याएको एनसेलका कर्पोरेट सर्भिसेस निर्देशक प्रणय आचार्यले जानकारी दिए ।
एनसेलले जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गर्दै बाढीको जोखिम रहेका क्षेत्रमा आफ्ना ग्राहकलाई बाढी सम्बन्धि पूर्व सूचना अर्थात एसएमएस अलर्ट पनि प्रदान गर्दै आए उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्