२३ असार २०८३, मंगलबार

चोरीको काठसहित पक्राउ

चोरीको काठसहित पक्राउ

९० क्युफिट काठसहित कपिलवस्तुमा एक जना पक्राउ परेका छन् । सवडिभिजन वन कार्यालय खरेन्द्रपुरले बुधबार काठसहित स्थानीय रुपेश थारुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने शिवराज नगरपालिका –३ स्थित भितारिया बस्ने बर्ष २१ का थारु छन् ।  

बरामद गरिएका काठमा विभिन्न साइजका ९२  थान चिरान रहेको वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत एजाज अन्सारीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र वन रक्षकसहित भितारिया पुगेको टोलीले सो काठ बरामद गरेको थियो । 

छापा मार्नेक्रममा भितारिया गाउँका अधिकांश घरको आँगनबाट लुकाएर राखेको अवस्थामा चिरान काठ बरामद भएको डिभिजन बन कार्यालय गौतमबुद्धका प्रमुख दधिलाल कडेलले बताए । 

कपिलवस्तु साझेदारी बन समितिको जङ्गलबाट चोरीगरी काठ ल्याएको वन कार्यालयका कर्मचारीको अनुमान छ । तस्करको पहिचान खुलेकाले तस्करविरुद्ध मुद्दा दर्ता गरी कारवाही गर्ने डिभिजन वन कार्यालयले जनाएको छ । 

सो टोलीले भितारिया गाउँको ६ घरमा छापा मारेको थियो । सालको काठ र  कर्मा जातको काठ बरामद भएको डिभिजन वन कार्यालयले जनाएको छ । बरामद काठ डिभिजन बन कार्यालय गौतम बुद्धलाई बुझाइएको सो टोलीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्